-->
मधेसीले अधिकार नपाएसम्म नेपालमा शान्ति र विकास हुँदैन्: भारतीय गृहमन्त्री

काठमाडौं, १८ जेठ । भारतका गृहमन्त्री राजनाथ सिंहले नेपालमा मधेसी जनताले अधिकार नपाएसम्म शान्ति नहुने बताएका छन् ।
काठमाडौंबाट सिंहलाई भेट्न पुगेका संघीय समाजबादी फोरम नेपालका उपमहासचिव तथा सांसद अभिषेक प्रताप शाहसँग दिल्लीमा भेटवार्ता गर्दै उनले नेपालमा बर्षौदेखी विभेदमा रहेका मधेसीले अधिकार नपाएसम्म शान्ति, स्थायित्व र विकास नहुने बताएका हुन् ।
सांसद साह निकट स्रोतका अनुसार मधेश आन्दोलन र नेपाल-भारत सम्बन्धका बिषयमा छलफल गर्ने क्रममा काठमाडौंबाट गएको टोलीले गृहमन्त्री सिंहलाई मधेशी, दलित, आदिवासी, जनजाती सम्मिलित संघीय गठबन्धनले १५ दिनसम्म राजधानी केन्द्रित आन्दोलन गर्दा पनि नेपाल सरकारले नसुनेको ‘विफ्रिङ’ गरेका थिए ।
गृह मन्त्रालयमै भएको भेटवार्तामा विगत केही समय देखी चिसिएको नेपाल भारत समबन्धको कारण उत्पन्न परिस्थितीले कसैको भलो नहुने र यसले निकै नकारात्मक प्रभाव परेको भन्दै सांसद साहले सम्बन्ध सुधार्न भारतबाट निर्णायक पहल हुनुपर्ने सुझाव दिएका थिए ।
त्यस्तै, सांसद साहले गुलरिया बोर्डरमा उचित ब्यवस्थापन नभएको कारण जनताले सास्ती भोग्नुपरेकोले बोर्डर खुलाईदिन र उचित ब्यवस्थापन गराईदिन गृहमन्त्री सिंहलाई आग्रह गरेका थिए ।
भारतीय गृहमन्त्री भेट्दै मधेसी सांसद साह ।
जवाफमा गृहमन्त्री सिंहले भारतले नेपाललाई एक असल छिमेकीको रुपमा मानेको र नेपालमा शान्ति, स्थायित्व र विकासको लागि सहयोग गर्न हमेशा तयार रहेको बताए ।
भारतले कहिल्यै पनि नेपालमा हस्तक्षेप नगरेको दाबी गर्दै हामीले सल्लाह सुझाव मात्रै दिने गरेको गृहमन्त्री सिंहले दाबी गरे ।
नेपाल भारत सम्बन्ध छिट्टै सुध्रिने विश्वास ब्यक्त गर्दै सिंहले गुलरिया बोर्डरमा छिट्टै सुरक्षा ब्यवस्थाको प्रवर्द्धन हुने र बोर्डर नियमित रुपमा खुल्ने बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.