काठमाडौं, १८ जेठ । नेपाल फुटबल संघ (एन्फा)ले पूर्वअन्तर्राष्ट्रिय फुटबलर राजु तामाङलाई वर्ष सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको छ ।
एन्फाले मंगलबार तामाङलाई वर्षको सर्वोकृष्ट खेलाडी घोषणा गर्दै नगद २५ लाख दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई २५ लाखको चेक हस्तान्तरण गरेर सम्मान गरे ।
नेपाल आर्मीका मिडफिल्डर राजुलाई एन्फाले नेपाली फुटबलमा दिएको योगदानको मूल्यांकन गर्दै यो पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रममा साग र बंगबन्धु कपका विजेता खेलाडीहरुलाई जनही १०/१० लाख दिइएको छ । यस्तै सागका उपविजेता महिला टोलीका सदस्यलाई १/१ लाख प्रदान गरिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...