-->
बच्चा नभएका महिलाहरुलाई औषधि गर्ने भन्दै योनीमा औषधि राखेर बलात्कार :

बनेपा, जेठ १८ - गाउँका महिलाहरुलाई झारफुक गर्ने बाहानामा झाँक्रीले बलात्कार गर्ने गरेको खुलासा भएको छ ।
बच्चा नभएका महिलाहरुलाई औषधि गर्ने भन्दै योनीमा औषधि राखेर काभ्रेको शंखुपाटी चौर गाविस वडा नम्बर ४ का ६५ वर्षीय दिलबहादुर लामाले बलात्कार गर्ने गरेको रहस्य खुलेको हो ।
स्थानीय ३५ वर्षकी एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएपछि लामाले लामो समयदेखि गर्दै आएको कर्तुत सार्वजनिक भएको हो ।
पीडित महिलाले लामा विरुद्ध पनौती चौकीमा दिएको निवेदनका आधारमा प्रहरीले लामालाई आइतबार कोटेश्वरबाट पक्राउ गरेको छ । लामो समयअघिदेखि झाँक्रीको काम गर्दै आएका लामाले महिलाका रोग निको बनाउने तथा आफूले झारफुक गरेपछि बच्चा जन्मिने बताउँदै आएका थिए ।
एक महिलाको उजुरीपछि घटना सार्वजनिक भएको भन्दै अन्य पीडित महिलाहरुले खुलेरै लामाको कर्तुत सार्वजनिक गरेका छन् ।
स्थानीय एक महिलाले उनले महिलाका रोग निको पार्छु भन्ने, बच्चा नहुनेलाई बच्चा हुने बनाउँछु भन्ने र योनीमा औषधि राखेर औलाले भित्र पुर्याउन नसकिने भन्दै औषधि भित्र पुर्याउन लिंग नै चाहिने भनेर बलात्कार गर्ने गरेको बताइन् ।
आफूमाथि भएको अत्याचारको विरोध गर्दा लामाले महिलाहरुलाई धम्की दिने गरेका थिए । पीडित महिलाहरुले आफूमाथि बलात्कार भएको कुरा कसैलाई सुनाए राम्रो नहुने भन्दै लामाले धम्क्याउने गरेको बताएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.