-->
लमजुङका तिन खेलाडी राष्ट्रिय प्रतिष्पर्धाका लागि छनौट

१७ जेठ, बेसीशहर
लमजुङका तिन खेलाडीले राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्ने भएका छन् । दुई खेलमा तिन खेलाडीले आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेल्ने भएका हुन् ।
जिल्ला खेलकुद विकास समिती लमजुङका अनुसार छात्रा भलिवलका लागि दुई र लङजम्पका लागी एक जना खेलाडी छनौट भएका हुन् । छात्रा भलिवलका लागि ईशानेश्वर उच्च मा.वि भोर्लेटारका छात्रारुपा थापा र कविता दुरा छनौट भएका छन् । यस्तै शिशु विद्याश्रम मा.वि राइनासका जयन्द्र गुरुङ छात्र लङजम्प तर्फ छनौट भएको बताइएको छ ।
आठौँ राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता अन्तर्गत निर्वाचन क्षेत्र, जिल्ला र विकासक्षेत्रका प्रतिष्पर्धीलाई उछिन्दै उनिहरु राष्ट्रिय प्रतियोगितामा पुगेका हुन् ।
यसैविच पोखरा रङशालामा भएको राष्ट्रपती कम अन्तर्गत छात्र रिले तर्फ लमजुङका विष्णुहरी पौडेल, जयन्द्र गुरुङ, दिनेश बस्नेत र सुजन वि.क प्रथम भएका छन् । छात्र तर्फकै आठसय मिटरको दौडमा जनविकास उच्च मा.वि चण्डीडाँडाका दिनेश वस्नेत तृतिय भए ।
एकहजार पाँचसय र तिन हजार मिटरको दौडमा लक्ष्मीनारायण मा.वि अर्चलवोटका विष्णुहरी पौडेल द्धितिय भएका थिए भने छात्रा तर्फको सटपुटमा फ्युचर स्टार आवासिय उच्च मा.वि भोटेओडारकी सगुन गुरुङ तृतिय भएकी थिइन् ।
यसैगरि करातेँ ५२ किलो तर्फ ग्लोवल भिजन मा.वि सुन्दरवजारका विकाश गुरुङ तृतिय भएको जिल्ला खेलकुँद विकास समिति लमजुङले जनाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.