-->
प्रधानमन्त्रीको केपी ओलीको निर्देशनमा आजको बजेटमा यस्ता आकर्षक कार्यक्रम राखिएका छन्

काठमाण्डु, १५ जेठ– अर्थमन्त्री विष्णु पौडेलले आज शनिबार संसदमा १० खर्ब ३५ अर्ब भन्दा ठूलो आकारमा बजेट प्रस्तुत गर्दैछन् । सरकारले ६ .५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित आगामी आवको बजेट सार्वजनिक गर्दै छ । चालू आवमा आर्थिक वृद्धि ०.७७ प्रतिशतम खुम्च्यो ।
बजेटको आकार १० खर्ब २५ अर्ब भन्दा ठूलो हुने जानकारी अर्थमन्त्रालयले दिएको छ । सरकारी कोषमा दीर्घकालीन भार पर्ने क्षेत्रमा पनि सरकारले बजेट बढाएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रममा अहिले दिँदै आएको १ करोड ५० लाखलाई २ करोड ५० लाख बनाउने तयारी गरिएको छ । सांसद विकास कोषलाई २० लाखबाट ५० लाख बनाउन तयारी छ ।
०५१ मा एमालेकै नेतृत्वको सरकारले सुरु गरेको सामाजिक सुरक्षा भत्ता अहिले मासिक १ हजारबाट १ हजार ५ सय बनाउने तयारी छ ।
सरकारी कर्मचारीको तलब न्यूनतम १६ देखि २२ प्रतिशतसम्म बढाउने तयारी छ । नयाँ पत्रिकाबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.