-->
आजदेखि १७ औँ घलेगाउँ महोत्सब हुदै, पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य

आजदेखि घलेगाउँमा १७ औँ घलेगाउँ महोत्सव हुदैछ । ग्रामीण पर्यटन ब्यबस्थापन समिति घलेगाउँले महोत्सबको आयोजना गरेको हो । दुइ दिन सम्म चल्ने महोत्सवको आज एक कार्यक्रमका विच लमजुङ् क्षेत्र नंं. १ बाट निर्वाचित सांसद जमिन्द्रमान घलेले उदघाटन गर्ने कार्यक्रम छ ।
समुन्द्री सतहदेखि २ हजार १ सय मिटरको उचाईमा रहेको घलेगाउँमा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । २०५७ सालबाट ग्रामीण पर्यटनको अवधारणासंगै महोत्सव गर्दै आएको घलेगाउँका वासिन्दाले यसवर्ष धुमधामसंग महोत्सवको आयोजना गर्ने घलेगाउँ ग्रामीण पर्यटन समितिका अध्यक्ष प्रेम घलेले बताउनुभयो ।
कुल ८० घर गुरुङ र २५ घर दलित परिवारको वस्ती रहेको घलेगाउँमा ३२ घरमा होमस्टे सञ्चालनमा छन् । २५ घर दलित वस्तीमा पनि पहिलो चरणमा २ घरमा होमस्टेको प्रवन्ध मिलाइएकोे अध्यक्ष घलेले बताउनुभयो । घलेले महोत्सव दर्शक भित्रयाउन र पैसा कमाउने उद्धेश्यले नभई घलेगाउँबासीको एउटा चार्डको रुपमा मनाईने बताउनुभएको छ । घलेगाउँलाई विश्वभर चिनाउने मुख्य उद्धेश्य रहेको उहाँले बताउनुभयो ।
बिगत १६ बर्षदेखि निरन्तर रुपमा महोत्सवको आयोजना गर्दै आएको घलेगाउँले यस पटक राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको सांगितिक प्रस्तुती लगायतका कार्यक्रमहरु राखिएको छ । सोही अवसरमा घलेगाउँको प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै रेडियो मस्र्याङ्दीका समाचार प्रमुख एवं नेपाल पत्रकार महासंघ लमजुडका सचिव युवराज श्रेष्ठ र पत्रकार दिपक अधिकारीलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।
महोत्सवमा सुधारिएको होमस्टेको अध्ययन, परम्परागत गुरुङ संस्कृती घाटँु, सोरठी, सेर्गा, घ्याब्रे, कृष्ण चरित्र लगायतका नृत्यहरुको प्रद्र्धशनी, गुरुङ् खाना महोत्सव, मनोरम प्राकृतिक दृश्यकहरुको दृश्यावलोकन, पौराणिक हस्तकलाका सामाग्री प्दर्शनी, लोकल कृषि उपजहरुको प्रद्र्धशनी, सुर्योदय र सुर्योस्तको मनोरम दृश्यकहरुको दृश्यावलोकन, बोटानिकल गार्डेन, अर्गानिक खेती तथा पश्चिमाञ्चलकै नमुना चिया बगान, भ्यू टावरको अवलोकन लगाएतका कार्यक्रम रहेको छ ।
घलेगाँउमा अवलोकन तथा अनुसन्धानका लागी विभिन्न स्थानका होमस्टे सञ्चालक, फिल्म निर्देशक, साहित्यकार, विद्यार्थी, विभिन्न समूह आउने गरेका छन् । अध्यक्ष घलेले गत बर्ष सन् २०१५ मा १५ हजार बढि आन्तरिक तथा बाह्य पर्यटक घलेगाउँ पुगेको भन्दै यसबर्ष अझ बढने अपेक्षा राखेको बताए । घलेगाउँ सदरमुकाम बेसीशहरबाट सवारी साधनमा २ घण्टा र पैदलमा ५ घण्टामा पुग्न सकिन्छ । घलेगाउँबाट लमजुङ हिमाल, मनासुलु, माछापुच्छ«े, अन्नपूर्ण, हिमालचुली लगायतका हिमाल नजिकबाट नियाल्न सकिन्छ भने मस्र्याङदी, खुदी, मादी लगायतका नदीको मनोरम दृष्य देख्न सकिन्छ ।रेडियो मर्स्याङ्दीबाट साभार


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.