काठमाण्डु, १ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले जायज र उचित माग पूरा गराउनका लागि आन्दोलन गर्नु नपर्ने बताएका छन् ।
युवा सङ्घ नेपालको २६औँ स्थापना दिवसको उद्घाटन गर्दै ओलीले सो कुरा बताएका हुन् ।
‘जोसुकैका जायज र उचित माग पूरा हुन्छन्, त्यसका लागि आन्दोलन गर्नु पर्दैन, सरकारले बोलाएका बेला वार्तामा आई आफ्ना कुरा राख्नुपर्छ, घाम सर्दै जाँदा रुखमुनिको छहारी सरेजस्तै आन्दोलन सारेर माग पूरा हुन्न’, उनले भने ।
सामन्तवादलाई समाप्त गरे पनि त्यसका आर्थिक र सामाजिक अवशेषलाई समाप्त गर्न बाँकी रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
पूर्वाधार विकास र आर्थिक उन्नतिलाई केन्द्रविन्दुमा राखेर सरकारले नीति तथा कार्यक्रम ल्याएको उनले बताए ।
प्राविधिकले गरेको अध्ययनबाट देशका ८० गाविसमा सडक पु¥याउन नसकिने देखिए पनि अन्य सबै गाविसलाई दुई वर्षभित्र सडक सञ्जालले जोड्ने गरी काम अघि बढाइएको प्रधानमन्त्री ओलीले सुनाए।


0 comments
प्रतिक्रिया दिनुहोस्...