काठमाडौं, १ जेठ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका दलहरू आबद्ध २९ दलीय संघीय गठबन्धनले आज काठमाडौंमा विरोध र्यालीसहितको प्रदर्शन गरेको छ ।
काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटीबाट सुरू भएको विरोध ¥याली विद्युत प्राधिकरण, शहिद गेट, न्यूरोड गेट, जुद्धशालिक, इन्द्रचोक हुँदै ठमेलस्थित कर्मचारी सञ्चय कोष भवन अगाडि पुगेर सभामा परिणत भएको सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।
संविधान पुनर्लेखनको माग गर्दै आएको संघीय गठबन्धनले भोलि आइतबारदेखि सिंहदरबार घेराउको कार्यक्रम गर्दैछ । घेराउका लागि संघीय गठबन्धनले राजधानी आसपासका जिल्लाहरूबाट समेत कार्यकर्ता ओरालेको छ ।
सिंहदरबार घेराउको कार्यक्रमलाई शान्तिपूर्ण बनाइने महासचिव सुमनले बताउनुभयो । ‘हाम्रा सबै कार्यक्रम शान्तिपूर्ण हुन्छन्’, उहाँले भन्नुभयो, ‘तर राज्यले दमन गर्यो भने हामी चुप लागेर बस्ने छैनौँ ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...