-->
बल्ल गरे प्रचण्डले गाली होइन जनताको ताली पाउने काम !!

काठमाण्डु, २३ वैशाख– एकीकृत नेकपा९माओवादी०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट ल्याउने समय भएकाले सरकार परिवर्तन नगर्ने बताए ।
कार्ल माक्र्सको १९८औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन अबको बाटो’ विषयको अन्तक्र्रियामा उनले वामपन्थी पार्टीबीचको एकता आजको आवश्यकता भएको बताए ।
नयाँ सरकारको नेतृत्व लिन नेपाली काँग्रेसले आफ्नो पार्टीलाई गरेको आग्रहप्रति धन्यवाद व्यक्त गर्दै अध्यक्ष दाहालले आफ्नो नेतृत्वमा सरकार बन्दैमा समस्या समाधान हुने अवस्था नरहेको टिप्पणी गरे ।
उनले भने, ‘अन्य दल राष्ट्रिय सहमतिमा नआउने अवस्थामा पद र नेतृत्वको लोभ गर्दैै सरकारमा जानु अहिले उपयुक्त समय मैले देखिन ।’ दाहालले राष्ट्रिय सहमतिका लागि काँग्रेस र मधेस केन्द्रित दलसँगको छलफललाई आफूले निरन्तरता दिइरहेको जानकारी दिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.