काठमाण्डु, १३ जेठ– नेपालीको प्रचलित मूल्यमा प्रतिव्यक्ति आय वृद्धि भएको छ । गत वर्षको तुलनामा ५ हजार वृद्धि भई प्रतिव्यक्ति आय ७९ हजार ३ सय ७० रुपैयाँ पुगेको हो ।
गत वर्ष नेपालीको प्रतिव्यक्ति आय ७५ हजार ८ सय ५५ थियो । यो हरेक वर्ष औसतमा प्रत्येक नेपालीले गर्ने आम्दानी हो । यस्तै अघिल्लो वर्ष २७ हजार १ सय ८४ रहेको प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन आर्थिक वर्ष ०७२/०७३ मा ०.८ प्रतिशतले घटेर २६ हजार ९ सय ७२ रहने अनुमान छ ।
आर्थिक वर्ष २०७२/०७३ को आर्थिक सर्वेक्षणका अनुसार उत्पाद वृद्धिको तुलनामा मुद्रास्फिती उच्च रहन गएकाले स्थिर मूल्य प्रतिव्यक्ति आय घटेको हो । जुन अघिल्लो वर्ष १ दशमलब ४ प्रतिशतले बढेको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...