तौल बढाउनका लागि सबैभन्दा पहिला फिट रहनु जरूरी छ । तर तौल बढाउनुको अर्थ शारीरिक रुपमा निष्क्रिय रहनुचाहिँ होइन । तौल बढाउन नियमित व्यायाम आवश्यक हुन्छ, यसका लागि फिटनेस सेन्टर पनि जान सकिन्छ । तौल बढाउनका लागि सबैभन्दा राम्रो उपाय हो, उच्च क्यालोरीयुक्त खाना खानु । तर, जंकफुड भने नखानुहोस् । जंकफुड र फास्टफुडको तुलनामा स्वस्थ र धेरै क्यालोरीयुक्त खानालाई प्राथमिकता दिनुहोस् । यदि तपाई स्वस्थ तरिकाले तौल बढाउन चाहनुहुन्छ भने बिहानको नास्ता ‘हेभी’ हुनुपर्नेछ । बिहानको यसप्रकारको नास्ताले दिनभर उर्जावान् बनाइरहन्छ ।
प्रोटिन शेक एउटा राम्रो विकल्प हुन सक्छ, यसले हड्डी बलियो बनाउँछ ।
चिकेन, भात, माछा, अण्डालगायतका बढी प्रोटिन पाइने खाना तौल बढाउनमा सहायक हुन सक्छ । अंकुरित खाद्यपदार्थमा राम्रो मात्रामा प्रोटिन पाइने भएकाले यस्ता खानाले तौल बढाउन सक्छ ।
पनीर, मख्खन, घिऊ, तेल तथा तैलीय खानाले मोटाउन सकिन्छ । तर यसले कोलेस्टेरोल बढ्न सक्छ । एक पटक स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सल्लाहमा यस्ता खाना सक्नुहुन्छ । तौल बढाउनका लागि फुलक्रिम दूधमा रातभर चना भिजाएर बिहान खानुपर्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...