आज वैशाख कृष्णऔँसी अर्थात आमाको मुख हेर्ने दिन। नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न आजको दिनलार्इ आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ।
जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ। आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने धार्मिक विश्वास छ।
तस्वीरः अमृत बाँनिया


0 comments
प्रतिक्रिया दिनुहोस्...