-->
ज्यादै गर्मी भयो ? जम्मा १० मिनेट गर्नुहोस् शितल प्रणायाम, सब ठिक हुन्छ

एजेन्सी । दिनानुदिन बढ्दै गइरहेको गर्मी मौसमबाट आक्रान्त हुनुहुन्छ ? चिन्ता नर्गनुहोस् जम्मा १० मिनेट गर्नुहोस् शितल प्रणायाम, सब ठिक हुन्छ । यो प्राणायाम गर्नासाथ तपाईलाई निन्द्रा जाग्छ । केही मात्रामा प्यास कम हुन्छ ।
जो मानिसलाई निरन्तर भोक मात्रै लाग्छ उनीहरुका लागी त यो प्राणायाम सबैभन्दा उत्तम हुन्छ । जस्ले ब्लडप्रेशरलाई समेत नियन्त्रणमा राख्छ भने शरीरमा शितलताको महशुस तत्कालै हुन सुरु हुन्छ ।
कसरी गर्ने त शीतल प्राणायाम ?
भुईमा एउटा चाक्लो कपडा वा गुन्द्री ओछयाउनुहोस् । वा घाँस र दुवोमा पनि यो प्राणायाम उत्तम हुन्छ । यो प्राणायाम तपाई सिद्धासन या पदमासन अवस्थामा पनि बसेर गर्न सक्नुहुनेछ । सुरुमा तपाईको जिब्रो मुखबाट बाहिर निकाल्नुहोस् । त्यसपछि जिब्रोलाई पाइपको जस्तो बाटुलो आकार दिनुहोस् ।
बाटुलो पाइप आकारको जिब्रोबाट भित्र बिस्तारै श्वास तान्नुहोस र पेट भरीएपछि मुख बन्द गर्नुहोस् । छातिको माथिल्लो भागलाई सकेसम्म अगाडी बढाउनुहोस् । केही बेर श्वास रोकेर विस्तारै नाकबाट श्वास फाल्नुहोस् । याद गर्नुहोस् श्वास लिने समय भन्दा श्वास फाल्ने समय निक्कै विस्तारै हुनुपर्नेछ । यो क्रमलाई तपाईले आफ्नो क्षमता अनुसार १० देखि ५० पटक सम्म गर्न सक्नुहुनेछ ।
यस्ता मानिसहरुले गर्नु हुँदैन
यो प्राणायाम दमको बिरामी, लो ब्लडप्रेसर भएकाहरुले गर्नु हानिकारक हुन्छ ।
परामर्श लिनुहोस्
शीतल प्राणायाम गर्न निक्कै सजिलो छ । एका विहानैको ताजा हावामा यो सबैभन्दा बढी उत्तम हुन्छ । अझ पनि केही थप जानकारी चाहीए कुनै अनुभवी प्रशिक्षकसँग परामर्श लिँदा सुनमा सुगन्ध हुन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.