रुपन्देही, ११ जेठ । रुपन्देहीमा एक पुरुषले आफ्नै श्रीमती र भाईको हत्या गरेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार अवैध यौनसम्बन्ध राखिरहेको देखेपछि आफ्नै श्रीमती र भाईको हत्या गर्ने दयानगर–५ चिलिया बस्ने ५८ बर्षीय बलराम पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरेलले ४० बर्षीया श्रीमती कृष्ण पोखरेल र ४५ बर्षीय भाई चन्द्र प्रसाद पोखरेलाई ईट्टा प्रहार गरी हत्या गरेका थिए ।
पोखरेलले सोमबार राति दुवै जनालाई चन्द्र प्रसादको घरमा अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा रंगेहात फेला पारेका थिए । त्यसपछि उनले श्रीमती र भाईलाई इँटाले लगातार प्रहार गरेका थिए ।
प्रहरीका अनुसार शरीरको विभिन्न भागमा ईट्टा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि भैरहवा मेडिकल कलेज लगिएकोमा दुवैजनाको उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...