काठमाडौं, ३० वैशाख । सरकारले नेपाली सेनाका केही उच्च अधिकारीको बढुवा गरेको छ ।
विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले एक उपरथी र चार सहायकरथीको बढुवा गरेको सामान्य प्रशासनमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
को–को भए बढुवा ?
मन्त्री शर्माका अनुसार शरद गिरी उपरथीमा बढुवा भएका छन् । महासेनानीहरु तारा पाण्डे, विनोद पाण्डे, निरन्जन श्रेष्ठ र अशोक सिग्देल सहायक रथीमा बढुवा भएका छन् ।
बढुवा भएका अधिकारीलाई प्रधानसेनापति राजेन्द्र क्षत्री छिट्टै दर्ज्यानी चिन्ह प्रदान गर्ने सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाले जनाएको छ ।
दैनिक नेपाल


0 comments
प्रतिक्रिया दिनुहोस्...