-->
केटा नपाएका ६०० युवती केटा पाउ भन्दै सडकमा ओर्लीए

रियो दि जेनेरियो- उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि शहरभरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै हारगुहार गर्न थालेका छन्। यो घट्ना ब्राजिलको । ब्राजिलको नोइभा डो कोर्डेरियो गाँउमा एकजना पनि अविवाहित पुरुष छैनन् तर विहे गर्ने उमेर भएका ६ सय महिलाले भने विवाह गर्न पुरुष भेट्टाएका छैनन् । ती मध्ये अधिकांस ३५ वर्ष मुनिका छन् ।
जवान महिलाले भरिएको त्यो शहरमा महिलाकै बोलवाला छ। तर भएर के गर्नु ? पुरुष नपाएर अविवाहित महिला तनावमा पेरेका छन्। उनीहरुले हालै अविवाहित केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्न एक सामूहिक अपिल गरेको समेत बेलायती डेलिमेलमा समाचार छ। ब्राजिलको यो सहर मात्र होइन, रुसमा पनि हालत यस्तै छ।
केटाहरुको संख्या अध्याधिक कम भएका कारण केटीहरुको जस्तो पाए त्यस्तै केटा खोजेर बिहे गर्नैपर्ने व्याध्यामक अवस्था रहेको छ।
त्यस्तै अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न लागेको त्यहाँको एक अनलाइनले जनाएको छ।
भिक्टोरियामा १ सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन्। यो त्यतिसारो लैंगिक असन्तुलन त होइन तर यसले पनि दशौँ हजार पुरुषको कमी देखाउँछ अर्थात् पुरुष भन्दा ६० हजार बढि महिला छन् भिक्टोरियामा।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.