-->
बँदेलको आक्रमणबाट १२ बढी घाइते, चार जना गम्भीर

सल्यान, २४ वैशाख, सल्यानमा बँदेलको आक्रमणबाट १२ बढी व्यक्ति घाइते भएका छन् । तीमध्ये चारको अवस्था गम्भीर छ ।
जिल्लाको पश्चिमी क्षेत्र देवस्थल, मूलखोला, घाँजरीपिपल गाउँ विकास समितिमा बँदेलको आक्रमणका कारण दर्जन बढी व्यक्ति घाइते भएका हुन् ।
बिहीबार बेलुका बँदेलको आक्रमणबाट देवस्थल गाविस बाग्गचौरका गोपाल विष्ट, माल्पे–२ का चीनबहादुर सार्की, सोही ठाउँका गोविन्द पुन, मूलखोला–८ राउँचेका नवीन साहु गम्भीर घाइते भएका छन् ।
खोलाको किनारको बाटोमा हिँड्दै गर्दा उनीहरुलाई बँदेलले आक्रमण गरी घाइते बनाएको घाइते टेकबहादुर बूढाले जानकारी दिए ।
यसअघि वैशाख २२ गते घाँजरीपिपल–८ सुनौलीबजारका अम्मर बस्नेत, खामखोलीका टेकबहादुर बूढालाई बँदेलले आक्रमण गरी घाइते बनाएको बूढाले बताए ।
बँदेलको आक्रमणबाट गम्भीर घाइते भएका अम्मर बस्नेत र गोपाल विष्टको नेपालगन्जमा उपचार भइरहेको स्थानीय दुर्गा बिसीले जानकारी दिए। “पानीका मुहान सुकेपछि पानी खान खोलामा आएका बँदेलको समूहले मानिसलाई देख्नसाथ आक्रमण गर्छ, बाटो हिँड्ननै खतरा भइसक्यो ।” बूढाले भने ।
बँदेलको समूहले दिन प्रतिदिन आक्रमण गर्न थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । आक्रमण बढ्न थालेपछि सहयोगका लागि इलाका प्रहरी कार्यालय देवस्थलमा जानकारी गराएको स्थानीय दुर्गा बिसीले जानकारी दिए


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.