पूर्व प्रधानसेनापति छत्रमान सिंह गुरुङको पुस्तक जनताको छोरो यतिबेला चर्चामा छ । उनका सैनिक सचिव थिए, प्रेमप्रकाश थापा मगर । गुरुङ अवकाश भएपछि गौरव शम्शेर राणा प्रधानसेनापति बने ।
राणापछि अहिलेका प्रधानसेनापति राजेन्द क्षेत्री र त्यसपछि सबैभन्दा सिनियर थिए हुन थापा मगर । एउटा मगरको छोरो प्रधानसेनापति बन्न लागेपछि षडयन्त्रको शुरुवात भयो । उनलाई प्रधानसेनापति हुन नदिनैका लागि अनेक प्रपञ्च रचिए । पूर्व भारतीय सैनिकका छोरा थापा मगरले सैनिक जीवनमा रौं बराबरको गल्ती गरेको नभेटिएपछि बुनियो, षडयन्त्रको नयाँ तानाबाना ।
त्यसपछि षडयन्त्रमा सफल पार्न गौरव शम्शेर आफैले गरेको गल्तीमा थापा मगरलाई फसाउने योजना बनाए । राणाकै अध्यक्षतामा गठित बोर्डले २०६८ असार ७ गते सहायक रथी हेम खत्रीलाई पाकिस्तानको नेसनल डिफेन्स युनिभसिर्टी इस्लामाबादमा नेसनल सेक्युरिटी र वार कोर्स गर्न सिफारिस गरेको थियो । राणा त्यतिबेला निरीक्षणाधिकृत उपरथी थिए ।
खत्रीले पेश गरेको भारतको मगध विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र नक्कली भएको समरी जनरल सैनिक अदालत’ले पुष्टि गर्यो । त्यतिबेला अहिले जस्तो जन्ममिति नेपालीबाट अंग्रेजी वा अंग्रेजी रूपान्तरण गर्ने प्रविधिको विकास भएको थिएन । जसले गर्दा ५७ वर्ष घटाउने गरेको र त्यसमा खत्रीमो जन्ममितिमा २ दिन फरक पर्न गएको थियो ।
खत्रीले पेस गरेको झुटो विवरण सावित भएपछि थापा मगरलाई बर्खास्त गरियो । जबकी उनी सदस्य सचिव रहेको बोर्डका नेतृत्वकर्ता राणा नै प्रमुख जिम्मेवार रहेको घाम जत्तिकै छर्लङ्ग थियो । तर राणाले कारवाहीका लागि निर्देशन दिए । भनीरहनु पर्दैनमा जंगीनिर्देशन बन्दुकबाट निस्केको गोली जस्तै हो ।
फसाउनुका कारण
नेपाली सेनाको पहिलो प्रधानसेनापति विराज थापा मगर भएको सैनिक इतिहासमा स्पष्ट छ । त्यसपछि आदिवासी जनजाति समुदायबाट छत्रमान सिंह गुरुङ प्रधानसेनापति बने । तर यो कुरा जतिसुकै कमजोर भएपनि आफ्नै जातकाले मात्रै सेनाको नेतृत्व गर्नुपर्छ भन्ने मानसिकता भएकाहरुलाई पटक्कै मन परेको थिएन । गुरुङले प्रधानसेनापतिको रुपमा राम्रो क्षमता देखाएपछि भने ति वर्ग क्षुब्ध भए ।
त्यसपछि प्रधानसेनापति बनेर आउँदै थिए, प्रेमप्रकाश थापा मगर । वरियताको हिसाबले मात्रै होइन उनको क्षमता पनि समकालिन सैनिक अफिसरहरु मध्ये अब्बल भएको उनका सहकर्मीहरु बताउँछन् । त्यही कारणले उनलाई कोपभाजनमा पारिएको हो । योग्य हुनु पनि उनका लागि अभिशाप जस्तो भयो ।
राणा प्रधानसेनापति भएको एक वर्षपछि थापा मगरलाई बर्खास्त गरिएको थियो । यसको पनि कारण छ । विशेष सैनिक अदालत खाली रहेको र तत्काल गठन हुने संभावना पनि नभएको मौका पारेर थापा मगरमाथि प्रहार गरिएको थियो । विशेष सैनिक अदालतमा पुनरावेदन अदालत, पाटनका न्यायाधीश अध्यक्ष तथा सेनाका प्राड (कानुन) विभागका प्रमुख (उपरथी) र रक्षा सचिव सदस्य रहन्छ । पुनरावेदन अदालत अदालत न्यायाधीश नभएको मौका हेरेर उनलाई बर्खास्त गरिएको थियो । न्यायाधीश नियुक्ति हुनुअघि सुनुवाई गर्नुपर्ने संसदको विशेष सुनुवाई समिति पनि थिएन । दलहरु २०७० मंसिरको चुनावी रन्कोमा भएकाले उनीहरुलाई न्यायाधीश सिफारिस (भागबण्डा)गर्ने फुर्सद पनि थिएन ।
२०७० कात्तिक २७ मा सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरेर थपामगरलाई सैनिक ऐनअनुसार भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको जानकारी दिएको थियो । जबकी सेनाको आन्तरिक कारवाहीमा यसरी विज्ञप्तिबाजी गरिदैन । उनलाई मानमर्दन गर्नकै लागि निर्देशनालयले विज्ञप्ती निकालेको थियो ।
राणाको षडयन्त्रले गर्दा बलदेवराज महतको स्थानमा थापा मगर रथी हुन्थे । अहिलेका प्रधानसेनापति राजेन्द्र क्षत्रीपछि रहेका दुई रथीको पहिलो नम्बरमा थापा मगर हुन्थे । ५६ वर्षीय थापा प्रधानसेनापति बन्ने निश्चित थियो । को लाइनमा पुगिसक्थे । उनी ५६ वर्ष उमेरका उनी प्रधानसेनापति हुने पक्कापक्की जस्तै थियो ।
अबको बाटो
अदालतबाट सफाई पाएकाले थापा मगर फेरी पदमा बहाली हुन्छन् । सैनिक ऐनअनुसार सरकारले उनको दुई वर्ष अवधी थप्न सकिन्छ । तर यो मौका पाए पनि उनी रथीबाटै बिदा हुनेछन् । यो बुझेरै उनीमाथि योजनाबद्ध रुपमा झुठो अभियोग लगाईएको थियो ।
सैनिक जीवनमा कोर्टमार्सल ठूलो अपमानको रुपमा हेरिन्छ । अदालतले निर्दोष ठहर गरिसकेकाले थापामगरले बर्खास्तको समयमा पदमा रहँदाको सेवा–सुविधा सबै पाउँछन् । यो सुविधा भन्दा पनि ठूलो कुरा थापा मगरले सैनिक अदालतबाट न्याय पाएका छन् । भलै उनले मगरको छोरो भएकैले प्रधानसेनापति बन्ने गुमाएका छन्, अति जातीवादी राज्य संयन्त्रका कारण ।


0 comments
प्रतिक्रिया दिनुहोस्...