-->
पृथ्वी भन्दा सय गुणा ठूलो ग्रह केपलरले फेला पार्यो

वैशाख २९ – पृथ्वी भन्दा एक सय गुणा ठूलो ग्रह पत्ता लागेको छ । अमेरिकी अन्तरिक्ष नियोग नासाको केपलर दूरबिनले एलियन तारालाई परिक्रममा गर्दै गरेको ग्रह पत्ता लगाएको हो ।
यो ग्रहको आकार पृथ्वीको भन्दा सय गुणा ठूलो छ । केपलर दूरबिनले अरु ९ वटा साना ग्रह पनि पत्ता लगाएको छ । यी ग्रहमा तरल अवस्थामा पानी रहेको हुन सक्ने र जीवनको सम्भावना पनि हुन सक्ने वैज्ञानिकले बताएका छन् । केपलर दूरबिनले एक वर्षमा पत्ता लगाएका १२ सय ८४ नयाँ ग्रहको सूचीमा यसलाई समेटिएको छ । यो यसअघिको भन्दा दोब्बर भन्दा बढी हो ।
सौर्यमण्डल बाहिर कुनै पनि ग्रहले तारालाई परिक्रमा गरेको यो नै सबै भन्दा ठूलो ग्रह रहेको नासाले जनाएको छ । स्पेस एजेन्सीका वैज्ञानिकले यस बारेमा मंगलबार छलफल गरेका छन् । किपलर दूरबिनले दिएको जानकारीको अध्ययनबाट पृथ्वी र नयाँ पत्ता लागेको ग्रह बिच कस्तो समानता छ भन्ने बारे पत्ता लगाउन सहयोग मिल्ने छ । नासाको किपलर मिसनका वैज्ञानिक डा. नाटालिए बाटाल्हाले आकाश गंगामा १० अर्ब भन्दा धेरै ग्रह छन्, जसमा जीवनको सम्भावना हुन सक्छ । यस्ता जीवनको सम्भावना रहेको ग्रह पृथ्वीबाट ११ प्रकाश वर्षको दूरीमा रहेको डा. बाटाल्हाले बताउनुभयो । तर यसका लागि अध्ययनको खाँचो रहेको वैज्ञानिकको भनाई छ ।
– एजेन्सीको सहयोगमा


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.