-->
मन्त्रीले राजतन्त्रको पक्षमा नारा लगाउँदा कमल थापालाई तनाव !

काठमाडौं– गणतन्त्रको संविधानअनुसार सपथ खाएर राजतन्त्रको पक्षमा नारा लगाएको भन्दै संघीय मामला तथा स्थानीय सहायक राज्यमन्त्री विराज विष्ट विवादमा तानिएका छन् । शनिवार शाही युवा शक्तिले गणतन्त्रको फोहर सफा गर्ने भन्दै नारायणहिटी दरवारको मुलगेटमा झाडु लगाएको थियो । सोही कार्यक्रममा पुगेर सहायकमन्त्री बिष्टले राजसंस्थाबिनाको मुलुकको कल्पना गर्न नसकिने भन्दै ‘राजा आउ देश बचाउ’को नारा लगाएका थिए ।
उनले राजसंस्था र पार्टीको एजेण्डाको बारेमा बोलेकै आधारमा पार्टीले सहअध्यक्ष केशरबहादुर विष्टलाई निलम्बन गर्नु र आफूलाई फिर्ता बोलाउनु दुःखद भएको बताउँदै राप्रपा नेपालले एजेण्डा छाडेपनि आफूहरुले कहिल्यै पनि पार्टीको एजेण्डा नछाड्ने र राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा लागिरहने उद्घोष गरेका थिए ।
यसरी बहालवाला मन्त्री नै राजतन्त्रको पक्षमा खुलेआम लागेपछि उनी विवादमा तानिएका हुन् । स्रोतका अनुसार गैरसंबैधानिक कार्य गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन् । उनले गैरसंवैधानिक कार्य गर्ने मन्त्रीलाई हटाउने या के गर्ने भन्ने विषयमा छलफल गरिरहेको स्रोतको भनाई छ । यसबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालसँग बुझ्दा सहायकमन्त्री विष्टले गल्ती गरेको भएपनि के गर्ने भन्ने विषमया प्रधानमन्त्री निश्कर्षमा पुगिनसकेको बताए । उनले भने, ‘नारायणहिटीमा गरेको नाराबाजीबारे अहिलेसम्म प्रधानमन्त्रीबाट कुनै निर्णय भइसुकेको छैन ।’
तर सरकारका प्रवक्ता तथा तथा सुचना तथा सञ्चारप्रविधिमन्त्री शेरधन राईले संविधानको मर्म विपरित काम गर्ने सहायकमन्त्री विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढ्ने बताएका छन् । क्याबिनेटको फर्मल नोटिसमा सूचना आएपछि उनीमाथि कारबाहीको प्रक्रिया अघि बढ्ने मन्त्री राईको भनाई छ । विवादमा तानिएका सकायकमन्त्री विष्ट राप्रपा नेपालको तीन वर्षे निलम्बनमा परेका सहअध्यक्ष केशरबहादुर विष्टका छोरा हुन् । विष्टले राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको एजेण्डा (राजतन्त्र, हिन्दुराष्ट्र) छाडेको आरोप लगाउँदै पार्टीमा फरक मत राख्दै आएका छन् । यतिमात्रै होइन विटले अध्यक्ष राप्रपा नेपाल सरकारबाट फिर्ता हुनुपर्ने पनि माग राख्दै आएका छन् ।
अप्ठ्यारोमा थापा
गणतन्त्रिक संविधानअनुसार सपथ खाएर राजतन्त्रको पक्षमा विष्ट खुलेआम उत्रिएसँगै पार्टीको तर्फबाट सरकारको नेतृत्व गरिरहेका कमल थापालाई समेत अप्ठ्यारो पर्ने देखिएको छ ।
सरकारको उपप्रधानमन्त्री तथा परराष्ट्र र संघीयमामला तथा स्थानीय विकासमन्त्री रहेका थापाले समेत हिन्दुराष्ट्रको पक्षमा निरन्तर अव्यिक्ति दिँदै आएका छन् । जुन गैरसंवैधानिक हो । पछिल्लो दिनहरुमा थापा हिन्दुवादीहरुको कार्यक्रममा सक्रियतापूर्वक सहभागि हुँदै आएका छन् । विष्ट प्रकरण जस्तै कमल थापाको गतिविधि पनि क्याबिनेटको फर्मल नोटिसमा पुग्यो भने उनी अप्ठ्यारोमा पनि जानकारहरु बताउँछन् ।
पार्टीको हितविपरितको गतिविधि गरेको भन्दै गत विहिबार बसेको केन्द्रिय कार्यसमितिको बैठकबाट सहायकमन्त्री विष्टलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको राप्रपा नेपाल शनिबारको प्रकरण पछि थप तनावमा परेको थापा निकट स्रोत बताउँछ ‘ पार्टीको नीतिअनुसारै विष्टले नारायणहिटीमा राजतन्त्रको पक्षमा नारा लगाए, तर थापामाथि नीति छाडेको आरोप त लागेकै छ, त्यसमाथि प्रधानमन्त्रीले कारबाही नै गरेको खण्डमा त्यो श्रृङ्खला आफैंतिर पनि फर्किने खतरा छ’, राप्रपा निकट स्रोतले भन्यो । यही बुझेर विष्टलाई सरकारबाट फिर्ता बोलाउने निर्णयमा पुगिसकेका थापा अहिले नरम भएका छन् । यसबारे केन्द्रिय सदस्य दमन बस्नेत भन्छन्, ‘विष्टलाई सरकारबाट फिर्ता बोलाउने निर्णय नै गलत थियो । अब भने प्रधानमन्त्रीकै ध्यानाकर्षण भइसकेको अवस्थामा अध्यक्ष थापालाई समेत समस्या पर्नेछ ।’
यसैबीच राप्रपा नेपालको केन्द्रिय कार्यासम्पादन समितिको बैठकले सरकारबाबाट फिर्ता बोलाउने निर्णय गरेसँगै राजीनामा दिने मुड बनाएका विष्ट अहिले अलमलमा परेको बताइएको छ ।
‘राजीनामा दिने तयारीमा हुनुहुन्थ्यो, तर अहिले अहिलेलाई रोकिएको छ’, विष्ट निकट स्रोतले भन्यो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.