बुधबार, ८ वैशाख
काठमाडौ । ‘अब मलाई बाँच्न मन छैन, भन्दै शौचालय छिरेकी नेतृ लामो समय ‘ हुँक्कहुँक्क’ गर्दै बाहिर ननिस्किएपछि अर्की नेतृले बाहिरबाट भनिन, ‘कमरेड, पीर मान्नुपर्दैन, बाहिर आउनुस, तपाईलाई नै अध्यक्ष बनाउने कुरा हो ।’
एमाओवादी महिला संघमा धर्मशीला चापागाईलाई प्रचण्डले अध्यक्ष बनाउन चाहेका थिएनन् । बाबुरामसँग पनि फिर्ता भएबापत अध्यक्ष बनाइदेलान् भन्ने देवी खड्काको आशा थिायो ।
यसअघिकी अध्यक्ष जयपुरी घर्ती वैद्यसँग गएपछि सीता पोखरेलले संयोजकका रुपमा जिम्मेवारी सम्हालिन । तर, सम्मेलन गर्न सकिनन् । र, लामो प्रयासपछि भइरहेको राष्ट्रिय सम्मेलत गत साता बबरमहलस्थित कार्की पार्टी प्लालेसमा उद्घाटन भयो ।
र त्यसको बन्दसत्र बालाजुस्थित नागार्जुन पार्टी प्यालेसमा चल्यो । बन्दसत्र चलिरहँदा नेतत्वको विषयलाई लिएर नेतृहरु शौचालयतिर हुँक्कहुँक गर्न थालेका हुन् ।
बन्द सत्रमा कमला रोका र देवी खड्काले अध्यक्ष अपेक्षा गरे । महरा र जनार्दन शर्माको दबाबमा परेर प्रचण्डको भन्दै धर्मशीलाको नाम घोषणा भयो । कमला र देवीहरुले अध्यक्ष दावी गरिरहँदा उनको नाम घोषणा हुने छाँटकाँट भएन र ट्वाइलेट छिरिन, चुकुल लगाइन ।
यो घटना चैत २८ गते बिहानको । बाहिरबाट कमलाले ‘धर्म्शिलाजी नमर्नुस, अध्यक्ष तपाई नै हो । भनेपछि आँशुले ओभाएको आँखा मिच्दै उनी बाहिर आइन् । तर, त्यतिबेलासम्म पनि प्रचण्ड उनलाई अध्यक्ष बनाउने लाइनमा थिएनन् ।
प्रचण्डको जोड कमलामै थियो । शौचालयबाट निस्किएपछि धर्मशीला फेरि कराउँदै थिइन, प्रचण्डले दिँदैनन् भने उनकै गेटमा गएर मर्छु,’ यति भएपछि र जनार्दनहरुको मन पग्लियो र उनैलाई अध्यक्ष बनाएर कमलालाई थामथुम पारियो ।
‘अध्यक्ष हुन्छु’ भन्नेमा निश्चिन्त हुँदा कमलाले आफ्नो लाइनको महासचिवका रुपमा प्रचण्डपुत्री रेणु दाहाललाई प्रस्तावित गरिन् ।
कारण दुई थियो, एक हो रेणु प्रचण्डकी छोरी हुन र अर्को हो, रेणुका पति अर्जुन पाठक आपूर्तिमन्त्री गणेशमान पुनका पिए हुन् । महिला संघको पुरानो केन्द्रीय समितिमा कमलाको पक्षमा बहुमत थियो ।
त्यही आधारमा उनलाई अध्यक्षमा नुवाकोटकी विमला सुवेदीले प्रस्ताव गरिन । महासचिवमा रेणुको नाम आउँदा देवी रन्किइन् । अझै परिवारवाद ? भन्दै । उता, देवी खड्कालाई वरिष्ठ उपाध्यक्षमा थान्को लगाउने भएपछि उनी फेरि बम्किइन् ।
‘ मलाई पुरानो गुटका आधारमा अपमान गर्न भएन । बाबुरामले त मलाई भन्नुभएकै थियो, ‘तलाई फर्स्टम्यान बन्न दिँदैनन् भनेर ।’ आजको जनआस्था साप्ताहिमा समाचार छ ।
nepalsandesh


0 comments
प्रतिक्रिया दिनुहोस्...