काठमाडौं–भारतले मधेसका पुरा हुन बाँकी विषयको समाधानको अग्रसरता लिन कांग्रेसलाई आग्रह गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवासँग बिहीवार भएको भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले संसदमा सबैभन्दा ठूलो दल कांग्रेस भएकाले तराई मधेसका समस्या समाधानको अग्रसरता लिन भारतको सन्देश दिएकी छन् ।
श्रीमती आरजुको उपचारका लागि दिल्ली पुगेका देउवाले स्वराजसँग निवासमा करिब ३५ मिनेट भेटवार्ता गरेका थिए । भेटमा नेपाली राजदूत दीपकुमार उपाध्याय र भारतीय विदेश मन्त्रालयका नेपाल-भुटान डिभिजन हेर्ने सहसचिव अभय ठाकुर पनि सहभागी थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...