एजेन्सी: प्राय धेरै मानिसहरु भन्ने गर्छन् पैसाले सुख सुविधा जति हासिल गरे पनि खुशी भने प्राप्त गर्न सकिँदैन। तर एक अनुसन्धानले यो भनाईलाई सरासर झुट साबित गरिदिएको छ।
वैज्ञानिकहरुको अनुसनधाबाट अब पैसाले पनि तपाईँ खुसी पनि किन्न सक्नुहुने प्रमाणित भएको छ। यदि तपाईँले आफ्नो व्यक्तित्व अनुसार पैसा खर्च गर्नुभयो भने यो कुरा खुसीमा परिणत हुनेछ। र, तपाईँलाई यसको वास्तविकता महसुस हुनेछ। यसका साथै तपाईँले आफ्नो आम्दानी अनुसारको खर्च गर्नुभयो भने तपाईँमा खुसी मात्रै होइन मुहारमै चमक आउनेछ।
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिक ग्याडस्टोनले भनेका छन्, 'पैसा र सम्पूर्ण व्यक्तित्वको बीचमा सधै कमजोरीको सम्बन्ध रहेको हुन्छ, हाम्रो खोजका क्रममा वास्तविक लेन-देनको तथ्याङ्कलाई नजिकबाट नियालेर हेर्दा नयाँ चीजको सुरुवात भएको छ। खर्चले हाम्रो खुसीलाई बढाउन सक्छ।
उनले अध्ययनपछि भनेका छन्, 'तर हामीले यसको प्रयोग उचित समयमा उचित वस्तु वा सेवाको उपभोगमा गर्नुपर्छ। जो व्यक्तित्वको लागि उपयुक्त हुन सकोस। त्यसपछि मात्रै मनोवैज्ञानिक आवश्यकतालाई पूर्ति गर्न सकिन्छ।'
यो अध्ययनमा क्याम्ब्रिज जज बिजनेस स्कुल र क्याम्ब्रिज विश्वविद्यालयका मनोवैज्ञानिक विभाग तथा बेलायतको बहुराष्ट्रिय बैंकले पनि सहयोग गरेका थिए।
यो अध्ययनका क्रममा वैज्ञानिकहरुले ६ महिनाको अवधिमा ६ सय २५ सहभागीहरुको ७६ हजार ८ सय ६३ लेनदेनको तथ्याङ्कको विश्लेषण गरेका थिए।
यो अध्ययन 'साइकोलोजिकल साइन्स' पत्रिकामा पनि प्रकाशित भएको छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...