-->
जानीराखौ गाँजर खानुका यी बहुउपयोगी फाइदा

गाँजर शरिरका लागि एकदमै उपयोगि हुन्छ । कतिपय मानिसहरु यसको प्रयोग सलादको रुपमा गर्छन । जसरी खाएपनि यसमा पाइने खनिज र भिटामिन ‘ए’ ले मानिसको छाला , अनुहार तथा आँखाका लागि एकदमै राम्रो मानिन्छ । यसका साथसाथै , यसबाट प्राप्त हुने खनिज र भिटामिन ‘ए’ ले अनुहार , छाला तथा आँखाको ज्योतिका लागि पनि एकदमै फाइदाजनक छ । यसबाट प्राप्त हुने भिटामिन ‘बी’ क्याल्सियम तथा फाइबरले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न दिँदैन । साथै , दैनिक गाँजरको प्रयोगले रुघाखोकीको समस्याबाट पनि टाढा राख्दछ , यस्तै गाजरको प्रयोगले प्रतिरक्षा प्रणाली पनि राम्रो बनाउँछ ।
जानीराखौ गाजर खादा हुने फाइदाहरु
– गाजरमा प्रशस्त मात्रमा क्याल्सियम हुने हुनाले हडहरुको विकास र मजबुुतीमा राम्रो भुमिका खेल्दछ ।
– गाजर आँखाको लागि पनि एकदमै फाइदाजनक छ । यो भिटामिन ‘ए’ को भण्डार हो । नियमित रुपमा यसको सेवनले चस्माको समस्याबाट छुटकारा पाउन सकिन्छ ।
– यसलाई राम्रो माउथवासको रुपमा पनि लिन सकिन्छ । यसमा हुने क्याल्सियमले दाँत सफा र मजबुत बनाउँछ । यसका साथसथै यसले गिँजाबाट रगत आउन दिँदैन ।
– जोर्नी दुखाईको पिडाबाट पनि यसको प्रयोगबाट मुक्त हुन सकिन्छ । गाँजरको प्रयोग दैनिक रुपमा गर्ने हो भने यसले शरीरमा क्यल्सियमको मात्रा पूर्ति गरि जोर्नी दुखाई जस्ता हाडसम्बन्धी समस्याबाट मुक्त रहन मद्धत गर्दछ ।
– यसमा भिटामिन ‘सी’ पनि पाउन सकिन्छ । यो एउटा राम्रो एन्टीअक्सिडेन्ट हो जसका कारण यसले शरीरको प्रतिरक्षा प्रणाली चुस्त र दुरुस्त राख्दछ ।
– मधुमेहका विरामीको रक्तचाप नियन्त्रणको लागि यसको प्रयोग अधिक फाइदाजनक हुन्छ । गाजरको केरीटेनाइड पाउन सकिन्छ । जुन तत्वले शरीरुमा चिनीको मात्रालाई नियन्त्रण गरि राख्दछ ।
– गाजरमा प्रचुर मात्रमा फाइबर हुन्छ जसले पेटको कव्जियत भगाउन राम्रो भूमिका खेल्दछ । गाँजर अलिबेर चपाएर खाने हो भने पोटको कव्जियत भगाउन मद्धत गर्दछ ।

– यो अनुहार चमकदार बनाउन पनि उत्तिकै महत्वपूर्ण मानिन्छ यसले छाला अनुहार , नङ आदिलाई राम्रो बनाइराख्दछ । मिटामिन ‘ए’ प्रशस्त हुने भएकाले यस्ता समस्याबाट मुक्ति दिलाउँछ । यसका साथसथै सूयका किरणहरुबाट पनि शरीरलाई बचाउँछ ।
– गाँजरमा भिटामिन ‘बी’ पनि राम्रो मात्रामा हुन्छ जसले पाचन प्रणालीमा राम्रो भूमिका निर्वाह गर्दछ । खाना खानु भन्दा २० मिनेट अगाडि गाजरको जुस पिउने महो भने पाचनतन्त्र तन्दुरुस्त हुन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.