काठमाडौं: एसएलसी परीक्षा दिएर बसेका किशोरीप्रति लक्षित रहँदै दुईवटा संस्थाले सौन्दर्य प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन् ।
वन्दना कला केन्द्रले 'साइपल मिस एसएलसी-२०१६' र ट्रिक मिडियाले 'मिस एसएलसी कन्टेस्ट—२०१६' शीर्षकको प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।
'साइपल मिस एसएलसी'को पाँचौं संस्करणको सहभागिताका लागि काठमाडौं, बुटवल तथा दमकबाट आवेदन खुला गरिएको आयोजकले जनाएको छ । अघिल्ला प्रतियोगिताझैं यसपटकको प्रतियोगितामा पनि सहभागिताका लागि प्रत्येक छात्राले एसएलसी परीक्षा दिएको हुनुपर्ने नियम बनाइएको छ ।
यो प्रतियोगितामा सहभागी सबै छात्राले निःशुल्क ब्रिजकोर्सको कक्षा लिन पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल असार ४ गते जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ ।
'मिस एसएलसी कन्टेस्ट' को अडिसन भने काठमाडौंमा मात्र आयोजना हुँदैछ । अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई करिब डेढ महिना प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।
जेठ तेस्रो साता अन्तिम प्रतिस्पर्धा हुने प्रतियोगिताको प्रशिक्षणका क्रममा सहभागीलाई शैक्षिक गतिविधि, व्यक्तित्व विकास, करिअर काउन्सिलिङ, स्थलगत भ्रमणजस्ता क्रियाकलापमा सहभागी गराइने आयोजकले जनाएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...