ताप्लेजुङमा चट्याङ लागेर एक वृद्धाको ज्यान गएको छ।
बिहीबार साँझ परेको चट्याङका कारण ताप्लेजुङ नगरपालिका–४ का विष्णुकुमारी राजभण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
साँझ करिब साढे ६ बजे वर्षासँगै एक्कासी परेको चट्याङ लागेर भान्साकोठामा काम गर्दै गरेकी राजभण्डारी बेहोस भएर ढलेकी थिइन्। उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताए।
जिल्लाकै फुरुम्बो–२ का ५० वर्षीय शुक्रवीर भट्टराई चट्याङ लागेर घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै गरेको प्रहरीले जनाएको छ। ताप्लेजुङमा बिहीबार साँझ ठूलो हावाहुरीसहित वर्षा भएको थियो।


0 comments
प्रतिक्रिया दिनुहोस्...