-->
जर्मनीको सबैभन्दा ठूलो ब्रोथेल्स बेश्यालयमा प्रहरीको छापा

वैशाख ३ – जर्मनीको बर्लिन शहरमा रहेको सबैभन्दा ठूलो बेश्यालय ब्रोथेल्समा प्रहरीले छापा मारेको छ । प्रहरीका ९ सय अधिकारी भएर बेश्यालयमा छापा मारेका हुन । मानव तस्करी र कर छलीको आरोपमा छापा मारेको प्रहरीले जनाएको छ ।
बेश्यालयका व्यवस्थापकले सन् २००६ देखि कर छली गरेको त्यहाँका कर अधिकारीले जनाएका छन् । ब्रोथेल्सले १७.५ मिलियन युरो छली गरेको बुझिएको छ । त्यसैले यो छापा कर छली र मानव तस्करी विरुद्ध भएको प्रहरीले जनाएको छ ।
जर्मनीमा बेश्यावृत्तिलाई सन् २००२ को कानुनले कानुनी मान्यता दिएको छ ।प्रायः पूर्वी युरोपका यौनकर्मी यो बेश्यालयमा काम गर्ने गर्छन् । पछिल्लो २० बर्ष यता जर्मनीमा यौनकर्मीको संख्यामा दोब्बरले बढेर चार लाख पुगेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.