-->
लुम्बिनी अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउने योजना

रुपन्देही – लुम्बिनी अञ्चल अस्पतालका भवनहरु निकै जिर्ण र अव्यवस्थित अवस्थामा छन् अहिले । तर, योजना अनुसार काम भए अत्याधुनिक भवन सहितको शिक्षण अस्पतालका रुपमा देख्न पाइनेछ निकट भविष्यमा यसलाई । किनभने अस्पतालले शिक्षण अस्पतालको परिकल्पना गरेर मास्टर प्लान बनाएको छ ।
बढ्दो सेवाग्राहीहरुको चापलाई अहिलेको सेवाले थेग्न नसक्ने भन्दै अस्पताल परिसरको जग्गालाई ५ सय बेडसम्मको शिक्षण अस्पताल बनाउने मास्टर प्लान बनाइएको  अस्पतालले जनाएको छ ।
अस्पताल निर्माणका लागि करिव २ अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको  अस्पतालका निमित्त मेसु डा राजेन्द्र खनालले बताएका छन् ।
कुनै समय ब्यापारीको कब्जामा रहेको लुम्बिनी अञ्चल अस्पताल पछिल्लो समय क्रमशः प्रगतिीउन्मुख छ
एक वर्षअघि अस्पताल माताहातका ७२ सटरहरुलाई टेण्डर मार्फत भाडामा लगाएको अस्पतालले पछिल्लो समय अवरोध छिचोल्दै अस्पतालको विकासका कार्यक्रमहरुलाई अगाडि बढाएको छ । अस्पतालले पछिल्लो समय आईसियू, ओपिडी, प्रसुती सेवामा सुधार गर्दै आईटी क्षेत्रमा पनि सेवा बिस्तार गर्दे लगेको छ ।
अस्पतालमा विरामीको संख्या बढी हुँदा वाडको अभावका कारण ईमर्जेन्सीमा विरामी राख्नुपर्ने समस्याबाट पनि अब अस्पताल मुक्त हुने भएको छ । अस्पतालले चाँडै मेडिसिन विभागलाई नवनिर्मित भवनको तल्लामा स्थानान्तरण गरी व्यवस्थापन गर्ने छ । प्रसुति कक्षमा पनि अब बेडको अभाव नहुने भएको छ ।
प्रसुती कक्षमा ५० बेड थप हुने डा खनालले बताए । ८ बेडको एनआईसियु सेवा पनि जेठ महिना भित्रै सञ्चालन गर्ने योजना रहेको समेत उनले बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.