नयाँ वर्षको रौनकले चुलिएको छ ठमेल । नयाँ वर्षमा ठमेलका प्रायजसो सबै डिस्को पव तथा रेष्टुरेण्टहरुमा युवायुवतीहरुको भीड लागेको छ । नेपाली नया वर्षले ल्याउने खुसी ,उमङ्ग र उत्साहलाई सदुपयोग गर्दै नया वर्षको शुभकामना आदानप्रदान गर्न पर्यटकीय क्षेत्र ठमेलको रौनक बढेको हो । नेपाल घुम्न आएका विदेशी पर्यटकहरु पनि नेपाली नया वर्ष मनाउन पाउँदा निकै खुसी देखिन्थे ।
नेपाली नयाँ वर्ष मनाउँन ठमेलका सबै डिस्को, बार र रेष्टुरेण्टमा नेपाली युवा र विदेशी पर्यटकरुको सङख्या उल्लेख्य रुपमा देख्न सकिन्छ । पर्यटकहरुको मुख्य आकर्षणको केन्द« रहेको ठमेलमा युवाहरु नया वर्षको शुभकामना आदानप्रदान गर्दै खसी साटासाट गरिरहेका छन् । ठमेलमा रहेका सबैजसो रेष्टुराँ र डिस्को पबहरुमा नया वर्ष मनाउनेको चाप बढेको छ । तर ठमेल पर्यटन बोर्डले भने नेपाली नयाँ वर्षमाथि विभेदपूर्ण व्यवहार गरेको ठमेलका व्यवसायीहरुको गुनासो रहेको छ । अँग्रेजी नयाँ वर्षमा अबेर रातिसम्म सञ्चालन गर्न दिइएको ठमेलका रेष्टुराँ,डिस्को र पबहरुलाई नेपाली नयाँ वर्षमा भने मध्यराति १२ बजे अगावै बन्द गर्न निर्देशन दिएकोप्रति व्यवसायीहरु ठमेल पर्यटन बोर्डप्रति असन्तुष्ट बनेका हुन् ।
नेपाल घुम्न आएका विदेशी पर्यटकहरुले पनि नेपाली नया वर्ष निकै खुसीका साथ मनाएका छन् । नया वर्षले हरेक मुलुक र नागरिकमा विशेष महत्व राख्ने भएकोले नेपालीहरुसँगै बसेर नेपाली नयाँ वर्षको स्वागत गर्न पाउँदा आफूलाई निकै खुसी भएको विदेशी पर्यटकहरुले बताए । नयाँ वर्षमा पर्यटकीय क्षेत्र ठमेलमा देखिएको उत्साहले वर्ष २०७३ भरि नै निरन्तरता पाओस् र पर्यटन क्षेत्रका लागि यो वर्ष उल्लेख्य रहोस् भन्ने पर्यटनकर्मीहरुको कामना छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...