काठमाडौं । नयाँ वर्षको अवसरकार पूर्वराजा ज्ञानेन्द्रले नागार्जुन बंगलाबाट आफू निकटलाई शुभकामना सन्देश पठाए, जसमा पहिलोचोटी सारा परिवारको रंगिन तस्वीर टाँसिएको छ । पारस छेउमा बसेका छन् । ख्याउटे मुद्रामा उनै पारसले बाबुसँग पैसाको निम्ति झगडा गरेको र उनका व्यापारिक साझेदारको भाईलाई पर्यटकीय नगरी पोखरा गएर कुटेको खबर भने बाहिर आइसकेको छैन ।
एक दिन पारसले बुबासँग २५ लाख माग गरे । ‘केलाई चाहियो त्यत्तिका पैसा ? मसँग कहाँ छ र ?’ भन्दा पारसले ‘म पोखरा घुम्न जान्छु’ भने । बाबुले सोल्टी होटलछेउ बस्ने प्रभाकर शमशेरलाई भेट्न अह्राए । प्रभाकरले पोखरमा फिस्टेल होटल चलाएर बसेका भाइ प्रदीप राणालाई भेटन् भने । फिस्टेल शाहज्यादी हेलेनपुत्री जयन्तीको नाममा छ । जयन्ती प्रभावकर शमशेरकी भाञ्जीसमेत हुन् । उनको पनि दरबार हत्याकाण्डमा परेर मृत्यु भएको थियो । पारसले उनै प्रदीपसँग गएर ‘मलाई पैसा देउ’ भन्दै कराए । प्रदीपले घरबाट निकालेर पाँच लाख दिए । ‘यति छ मलाई यति नै दिनु भनेको हो’ भन्न नभ्याउँदै त्यो पैसा मुठ्याएर पारसले प्रदीपलाई भकाभक हिर्काउन थाले । वरिपरिका मान्छेले झगडा छुट्टाएका थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...