-->
अमेरिका छिर्न यिनीहरूले पनि भन्न थाले ‘म हुँ नेपाल’

काठमाडौं, ८ वैशाख । दक्षिण अमेरिकी मुलुकमा नेपाली भनेर समातिएकाहरुमध्ये अधिकांश अन्य दक्षिण एसियाली मुलुकका नागरिक भएको पाइएको छ ।
नेपाली भनेपछि तत्काल फर्कनु नपर्ने हुनले दक्षिण एसियाली र अन्य मुलुकका नागरिकले पनि आफूलाई नेपाली भन्ने गरेको नागरिक दैनिकले समाचार छापेको छ ।
दक्षिण अमेरिकी मुलुक कोस्टारिकाका अधिकारी र अमेरिका पसेका नेपालीले दिएको जानकारीबाट उक्त कुरा खुलासा भएको हो ।
अमेरिकास्थित नेपाली दूतावासले पनि नेपाली भनेर पक्राउ परेका सबै नेपाली नभएको जानकारी परराष्ट्र मन्त्रालयलाई पठाएको अधिकारीले जानकारी दिए ।
अमेरिका छिर्न दलाललाई लाखौं रुपैयाँ बुझाएपछि विभिन्न दुःख पीडा खेप्दै ती देशमा पुगेका उनीहरुसँग थोरै अमेरिकी डलरबाहेक अन्य कागजपत्र हुँदैनन् ।
भाषा र बस्ने स्थानबारे लामो सोधपुछपछि मात्र पक्राउ परेकाहरु कुन मुलुकका हुन् भन्ने पुष्टि हुन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.