-->
सेनाको हेलिकप्टर पार्टीको कार्यक्रममा

१४ वैशाख, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले सेनाको हेलिकप्टर पार्टीको कार्यक्रममा सहभागी हुन दुरुपयोग गरेका छन् ।
एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री रावलले अछान, बाजुरा, डँडेल्धुरामा चार दिनसम्म आफ्नो पार्टीका कार्यक्रमसाथै विद्यालय, मन्दिर उद्घाटन तथा अभिभावक भेलाजस्ता कार्यक्रममा सहभागी हुन सेनाको हेलिकप्टर प्रयोग गरी राज्यस्रोतको दुरुपयोग गरेका आजको अन्नपूर्ण पोस्ट मा समाचार छ ।
सेनाको एन ए शून्य ५७ हेलिकप्टर लिएर वैशाख ९ गते अछाम हिडेका रावलले अछाम, डडेल्धुरा र बाजुरामा पार्टीका विभिन्न कार्यक्रम उद्घाटन गरेका थिए ।
प्रहरीस्रोतका अनुसार रावल ९ गते अछामको दशपल्ले मावि सोकट भवन उद्घाटन तथा सोही दिन डडेल्धुरोमा एमालेको नगर अधिवेशन उद्घाटन कार्यक्रममा सहभागी भएका थिए । १० गते विहान आछामकै लुंग्राको सिर्जनशील विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रमका लागि हेलिकप्टरको प्रयोग भएको हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.