-->
दुइ प्रेमी खेलाउने यी हुन माहिर युवती जस्ले गरिन यस्तो अनौठो हर्कत

एजेन्सी । मध्यप्रदेशको विदिशामा हत्याको सनसनीपूर्ण घटना बाहिर आएको छ । जहाँ एक प्रेमिकाले आफ्नै प्रेमीको हत्याको योजना बनाएर हत्यापछि शवकै अगाडि हत्यारासँग पार्टी गरेर खुसीयाली मनाएकी छिन् । घटना मध्यप्रदेशको विदिशाको हो जहाँ पुलिसले त्रिकोणात्मक प्रेमको खतरनाक घटनाको पर्दाफास गरेको हो । २२ वर्षीय गोपाल नामका युवकको निर्मम हत्याको घटनाले मध्यप्रदेश नै तातेको छ । उनकी १९ वर्षीया प्रेमिका नेहाले अकराम नामका अर्का प्रेमीसँग मिलेर गोपालको हत्या गरेकी हुन् ।
समाचार अनुसार पहिला गोपालको प्रेममा परेकी नेहा केही महिनाअघि मात्र अकरमलाई देख्दा फिदा नै भइन् । त्यसपछि उनी अकरमको प्रेममा परिन् । तर, यता गोपाल थिए । जो उनको बाटोको तगारो थिए । उनलाई आफ्नो बाटोबाट हटाउने नेहाले अर्का प्रेमीमार्फत गोपालको हत्या गरिदिइन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.