-->
फोरम अध्यक्ष उपेन्द्र यादवमाथि सुर्खेतमा घेराबन्दी

सुर्खेत / संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई एमालेको युवा संघ र एमाओवादीको वाईसीएलका कालो झन्डा बोकेका कार्यकर्ताले सुर्खेतमा घेराबन्दी गरी नारा लगाएका छन्। पार्टीको कार्यक्रमका लागि शनिवार वीरेन्द्रनगर पुगेका यादवविरुद्ध मधेस आन्दोलनका नाममा देशलाई नै ठप्प हुने गरी नाकावन्दी गरेको र भारतको इशारामा चलेको भन्दै युवाले प्रदर्शन गरेका हुन्।
वीरेन्द्रनगरमा रहेको भ्याली भ्यू होटेलमा खाना खाना पुगेका यादव युवाको विरोधले अवस्था तनावपूर्ण बनेपछि खाना नखाई बाहिरिएका थिए। पार्टीको खसान प्रदेशको समायोजन भेलाको उद्घाटन गर्न यादव सुर्खेत आउने जानकारी पाएपछि युवा संघ र वाईसीएलका कार्यकर्ता बिहानैदेखि कालोझन्डा लिएर बसेका थिए।यादव होटेलमा पुगेलत्ततै युवाले कालोझन्डा देखाउँदै यादव र मधेसवादी दलविरुद्ध नाराबाजी समेत गरेका थिए। युवाको घेराबन्दीमा परेपछि यादव निरीह बनेका थिए।
प्रहरी नजिकै भएपनि कुनै प्रतिक्रिया नजनाएको गुनासो फोरमका कार्यकर्ताले गरेका छन्। अाजकाे अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.