-->
ड्रगको अन्तर्राष्ट्रिय माफिया नेपाली नै

बैंककमा बसेर एक नेपालीले अर्बौंको ‘आइस ड्रग’ तस्करी गर्दै आएको खुलेको छ । धादिङ घर भएका धर्म पाख्रिन तामाङले म्यानमारबाट एम्फेटाइमान नामक महंगो लागु औषधको विश्वभरी तस्करी संचालन गर्दै आएका हुन् ।
तामाङका दुई सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । धादिङ सत्यदेवी घर भएका नेत्र गुरुङ र चित्र तामाङलाई लागुऔषध नियन्त्रण ब्युरोले ३० चैतमा पक्राउ गरेको हो ।
नयाँ वर्षका लागि भनेर उनीहरु ३ सय २ ग्राम आइस ड्रग लिएर नेपाल आएका थिए । सो लागुऔषध ९० लाख ६० हजार रुपैयाँ बराबरको भएको लागुऔषध नियन्त्रण ब्उुरोका प्रमुख डिआइजी जय बहादुर चन्दले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.