-->
ओली सरकार ढाल्ने भारतको चार रणनीति

काठमाडौ ।
भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दबाब स्वीकार गर्न तयार नभएपछि भारतले नेपालकै शक्तिहरुलाई प्रयोग गरेर सरकार ढाल्ने न्वारनदेखिको बल निकालेर लागेको छ ।
भारतको निर्देशन र निगाहमा यस अघिका सरकार चल्ने गरेपनि संविधान जारी भएपछि एमाले एमाओवादी र राप्रपा नेपाल मिलेर आफ्नो गजमा सरकार गठन गरे । जुन कुरा भारतलाई पटक्कै चित्त मात्र बुझेको छैन्, आफ्नो हैकमवादी सोचलाई नेपालमाथि लाद्न नपाएको कुष्ठा र आक्रोश पनि छ । पाँच महिना नाकाबन्दी गर्दा समेत ओली सरकारले प्रतिबद्ध भएर नाकाबन्दीको सामना गर्यो । भारतसँग आत्मसमपर्ण गर्न तयार भएन । सरकारले भारतसँग कुनै पनि नेपाललाई अहित गर्ने सम्झौता गरेन । आफ्नो अडानलाई निरन्तरता दिदै भारतको विकल्पमा चीनसँग पारवहन सम्झौता गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युरोपियन युनियनसँग मिलेर संयुक्त वक्तव्य जारी गर्दै नेपालको संविधानमाथि पुनः प्रश्न उठाउने काम गरे । भारत र इयुको वक्तव्यप्रति पनि सरकारले कडा रुपमा प्रतिवाद गर्यो ।
ओलीले किन देखे सिक्किमिकरणको खतरा !
आफू अनुकुलको सरकार नहुँदा भारत ओली सरकार ढाल्न अनेक विकल्पको खोजीमा छ र सोही अनुसारको रणनीतिमा नेपालकै शक्तिलाई खुल्ला रुपमा नै अगाडि सार्न सफल भएको छ । ओली नेतृत्वको सरकार भारतको लागि निल्नु न ओकल्नु भएको छ । जसरी हुन्छ भारत ओली सरकार ढालेर भारतपरस्त सरकार नेपालमा गठन गर्न चाहन्छ ।
बिकल्पन नम्बर १ शेरबहादुर देउवा
फाइल तस्बिर
संविधानसभा मार्फत संविधान जारी गर्न संयुक्त मोर्चा कसेको कांग्रेस संविधान घोषणा भएकै भोलीपल्टबाट रातारात भारतको इसारामा चल्न पुग्यो । संविधान जारी गरेपछि कांग्रेसले राष्ट्रपति लिने र प्रधानमन्त्री एमाललेले लिन प्रमुख तीन दलले १६ बुँदे सहमति गरेका थिए । तर कांग्रेसले हस्ताक्षरको मसी सुक्न नपाउँदै भारतको निर्देशन अनुसार सहमतिबाट ब्याक भयो । कांग्रेसले सहमतिको मूल्य र मान्यतालाई धोती लगाएपनि एमाले एमाओवादी राप्रपा नेपाल मिलेर सरकार गठन गरेर देखाइदिए ।
भारतीय दुताबासको कार्यक्रममा देउवा प्रमुख अतिथि
भारत चाहन्छ नेपालमा आफ्नो जे भन्यो त्यही मान्ने सरकार होस् । विगतका सरकारले पनि भारतले जे भने पनि लुरुक्क परेर मानि हाल्थे । अहिले भारतको लागि ओली फलामको चिउरा भएका छन् । भारतले सरकार ढाल्नको लागि अब प्रमुख दल कांग्रेसलाई पहिलो गोटीको रुपमा प्रयोग गर्ने रणनीति लिएको छ । संविधान जारी भएपनि सहज रुपमा आफ्नो गोटी बनेको कांग्रेसलाई नै अगाडि सार्दा वैधानिक रुपमा आफ्नो योजना सफल हुने दाउमा भारत रहेको छ । सरकार फेर्नको लागि कांग्रेसका सभापति शेरबहादुर देउवालाई भारतले चुले निम्तो पठाइसकेको छ । भारतमा देउवाले शीर्षस्त नेताहरुसँग भेटेर योजना बनाउने छन् । भारतको इसारा अनुसार कांग्रेसले सरकारको हरेक कामलाई अबरोध पुर्याउने र काम गर्न नदिने योजना लिनेछ । जसको कारण सरकार केही अपठ्यारो बाटोबाट अगाडि बढ्न बाध्य हुनेछ । भारतले ओली सरकार ढालेर देउवाको नेतृत्वमा सरकार गठन गर्न चाहन्छ ।
बिकल्प नम्बर २ मधेसी मोर्चा
तल भने तल माथि भने माथि यति सहज रुपमा मान्ने र परिचालन हुने मधेसी मोर्चा भारतको साथमा छ । भारतकै निर्देशनमा संयुक्त मधेसी मोर्चाले पाँच महिनासम्म नाकाबन्दी गर्न सफल भए । चौतर्फी रुपमा दबाब आएपछि बाध्य भएर भारत नाकाबन्दी खोल्न बाध्य भयो । यता मधेसी मोर्चाले गरेको भनिएको आन्दोलन न घरको न घाटको भयो । तराई मधेसको हितलाई भन्दा पनि भारतको हितको लागि गरेको आन्दोलमा नाका खुलेको भोलिपल्टबाटै असहयोग हुँदा आन्दोलन अलपत्र अवस्थामा पर्यो । भारतले नाका खुलेपछि तराई मधेसमा आन्दोलन कहाँबाट सञ्चालित भएको रहेछ भन्ने दिनको घामझैं छर्लङ भइसकेको छ ।
मधेसी मार्चाको चाहना अनुसार जनसङख्याको आधारमा निर्वाचन क्षेत्र भन्ने थियो त्यो संविधान संशोधन मार्फत पूरा भइसकेको छ । तराई मात्र ५१ प्रतिशत जनसङख्या बसोबास गर्छन । जनसङख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण संशोधन नेपालको लागि निकै खतरानाक र दिर्घकालिन रुपमा डरलाग्दो छ । तर पनि मधेसी मोर्चाले दुई मधेस प्रदेशको नारा लगाउन छोडेको छैन् । मोर्चाको विवेकले भन्दा पनि भारतको निर्देशन अनुसार मोर्चा प्रतिबद्ध छ र सरकारले गरेको हरेक निर्णयप्रति असहमति जनाउदै आएको छ । कांग्रेसको मात्र जोडबलले सरकार नढल्ने अवस्था आए पुनः मधेसी मोर्चालाई उचालेर तराई मधेसमा आन्दोलन चर्काउने र ओली सरकारलाई घुँडा टेकाउने दाउमा भारत रहेको छ ।
बिकल्प नम्बर ३ कमल थापा
सरकारमा मालदार मन्त्रालय पाएर पनि पछिल्लो समय प्रधानमन्त्री ओलीले आफूलाई साइजमा राख्न खाजेको बुझाई उप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाको छ । कमल थापा सहित उनको पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु संविधान विपरीत हिन्दुराष्ट्र र राजतन्त्र पुर्नवाहलीको कुरा कम्मर कसेर गरिरहेका छन् । भारत नेपालमा हिन्दुराष्ट्र कायम गर्न जोडबल गरिरहँदा संविधान अनुसार सरकारमा सहभागी भएको राप्रपा नेपाल गणतन्त्र र धर्मनिरपेक्षको विरुद्धमा लागेको छ । हिन्दुराष्ट्र र राजतन्त्र ब्यूँताउन विभिन्न हिन्दुवादी शक्तिहरुले दैनिकजसो प्रर्दशन गरिरहेका छन् । भारत ओलीलाई अपठ्यारो पार्नको लागि संविधानमा संस्थागत भएको गणतन्त्र र धर्मनिरपेक्षको बिरुद्धमा राप्रपा नेपाल मार्फत नै बोल्न लगाइरहेको छ ।
उप्रधानमन्त्री थापाले भने ‘नेपाल अब हिन्दुराष्ट्र’
कमल थापा पटक–पटक भारत जानुलाई पनि ओलीले निकै शंकाको दृष्टिकोणले हेर्ने गरेका छन् । पछिल्लो समय ओली कमल थापालाई साइजमा राख्न चाहन्छन् । यता थापा आफ्नो वर्चश्व कायम गराउन र ओलीलाई दबाबमा राख्न हिन्दुराष्ट्र र राजतन्त्रको नारा लगाइरहेका छन् । जसको कारण ओलीले राप्रपा नेपाललाई स्पष्टिकरण सोध्दा २६ सिट भएको पार्टी बाहिरिदा सरकारलाई नैतिक संकट पर्न सक्छ ।
बिकल्पन नम्बर ४ एमालेभित्रबाटै खोजी
नेपालका राजनीतिक दलहरु विचार सिद्धान्त भन्दा पनि पदको लागि जस्तोसुकै हर्कत गर्न पनि तयार हुन्छन् । आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने पार्टीबाट असहयोग र विरोध हुँदा प्रधानमन्त्री ओलीलाई काम गर्न त्यति सहज हुँदैन । विगतमा ओलीले पनि माधव नेपाल र झलनाथ नेतृत्वको सरकार ढाल्न हदैसम्म चर्का अभिव्यक्ति र विरोध गरेका थिए ।
खनालको नयाँ खुलासा–ओलीको नेतृत्वमा नभए अरुकै नेतृत्वमा सरकार
अहिले सरकार सञ्चालनको विषयलाई लिएर ओलीले एकलौटी हैकमदावी शैली अपनाएको भन्दै नेपाल र खनालले सरकारको विरोध गर्दै आएका छन् । शनिवार मात्र वरिष्ठ नेता झलनाथ खनालले ओलीको नेतृत्वको राष्ट्रिय सहमतिको सरकार गठन हुन नसके विकल्प खोज्न सकिने बताउनुले एमालेभित्रबाटै सरकार ढाल्ने खेल सुरु भइरहेको आशंका गर्न सकिन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.