-->
एक साताका लागि देउवा भोलि दिल्ली जाँदै

काठमाडौं– काँग्रेस सभापति शेरबहादुर देउवा भोलि नयाँ दिल्ली जाने भएका छन् । पत्नी आरजुको उपचारका क्रममा उनी दिल्ली जान थालेको बताइएपनि नेपालको राजनीतिमा उनको भ्रमणलाई चासोका रुपमा हेरिएको छ । हड्डीसम्बन्धी समस्या भोगिरहेको आरजूको हरियाणाको गुडगाउँमा रहेको फोटिस मेमोरियल रिसर्च इन्स्टिच्युटमा बुधवार शल्यक्रिया हुँदैछ । यसैका लागि देउवा भारत जान लागेको उनको सचिवालयले जनाएको छ । देउवाको सविचालयले भ्रमण उपचारमै मात्र केन्द्रीत हुने बताएपनि केही महत्वपूर्ण भेट हुन सक्ने स्रोत बताउँछ ।
आरजूको उपचार एक महिनासम्म चल्नेछ भने देउवा एक सातापछि आइतवार मात्र फर्कनेछन् । ‘एक साता लामो भारत बसाईं उपचारमै सीमित नहुन सक्छ ।’ कांग्रेस निकट स्रोत भन्छ्, ‘पूर्व प्रधानमन्त्री र देशको सवै भन्दा ठूलो पार्टीको सभापतिसँगको भेटमा उता (भारतीय) को पनि चासो हुन सक्छ ।’ १३औं महाधिवेशनबाट सभापति चयन भएपछि स्वास्थ उपचारकै लागि भएपनि देउवाको यो पहिलो भ्रमण हो । भारत र अहिलेको सरकारवीच सम्बन्ध राम्रो बन्न नसकिरहेको अबस्थामा कतिपयले देउवाको भ्रमणलाई नयाँ समीकरणका लागि गृहकार्यका रुपमा पनि हेरेका छन् । देउवा सभापमिा चयन भएलगत्तै उनी निकट नेताहरुले सत्तासमीकरण फेरबदल हुनुपर्ने अभिव्यक्ति दिन थालेका थिए । देउवा निकट काँग्रेस नेता बालकृष्ण खाँडले रातोपाटीसँगको अन्तर्वार्तामा देशकै सवैभन्दा ठूलो पार्टी बाहिर बसेर बनेको अहिलेको सत्ता समीकरण प्राकृतिक नभएको बताएका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.