मुम्बई । मुम्बइमा सम्पन्न गोल्डेल केला अवार्डको आठौं संस्करणमा शाहरुख खान अभिनित फिल्म ‘दिलवाले’ ले खराब फिल्मको अवार्ड पाएको छ ।
उक्त फिल्ममा शाहरुखको अतिरिक्त काजोल, बरुण धवन, कृति सेनन लगायतले अभिनय गरेका छन् । सोनम कपुरले ‘प्रेम रतन धन पायो’वाट खराब अभिनेत्रीको अवार्ड पाएकी थिइन् ।
कार्यक्रममा ‘हिरो’वाट डेब्यु गरेका सुरज पञ्चोलीलाई खराब अभिनेताको अवार्ड प्रदान गरिएको छ । त्यस्तै ‘शानदार’वाट विकास बहलले खराब अवार्ड पाए । कार्यक्रममा इमरान खानलाई पनि खराब कलाकार घोषणा गरिएको थियो ।
समारोहमा ‘बाजीराव मस्तानी’का रणबीर सिंह र दीपिका पादुकोणलाई हिस्टोरिकल एक्युरेसीका लागि मनोज कुमार अवार्ड घोषणा गरिएको थियो । रणदिप हुड्डा र निर्देशक सुरज बड्जात्यालाई पनि खराबको उपाधी प्रदान गरिएको थियो ।
‘प्रेम रतन धन पायो’ वाटै सलमान खानले पकाउ संग अवार्ड पाए । सोनाक्षी सिन्हालाई ब्हाट द हेल अवार्ड दिइएको थियो ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...