काठमाडौं, २४ चैत । प्रधानमन्त्री केपी ओलीलाई चीन भ्रमणका क्रममा लागेको रहेछ, समकक्षी प्रधानमन्त्री ली खछ्याङसँग द्विदेशीय सम्बन्धका विविध आयाममा छलफल भइसकेपछि सी जिनफिङसँग हुने भेटचाहिँ अति औपचारिक र शिष्टाचारमा मात्र सीमित हुने होला ।
तर, उनी त्यसबेला छक्क परे जब चिनियाँ राष्ट्रपतिले छोटो शब्दमा खुलेरै धेरैवटा फाइनल कुरा राखे । सी भन्दै थिए, ‘हामी कम्युनिष्ट हौँ । त्यसैले नेपाली प्रधानमन्त्रीका रुपमा एउटा कम्यिुनिष्ट पार्टीको अध्यक्षलाई स्वागत गर्न पाउँदा खुसी लागेको छ ।
’एमाले स्थायी समिति बैठकमा भ्रमणका अनुभव सुनाउँदै ओलीले अघिल्लो मंगलबार थपे, ‘राष्ट्रपतिले तपाईको नेतृत्वमा अरु पनि कम्युनिष्टसहितको सरकार गठन भएको हेर्न पायौँ । तपाईहरूलाई आवश्यकताअनुसार जुनसकै सहयोग उपलब्ध गराउन तयार छौँ भन्नुभयो । वास्तवमै सी प्रस्टाप्रस्टी निर्णायक कुरा गर्ने मानिस हुनुहुँदो रहेछ ।’
उनका अनुसार चिनियाँ राष्ट्रपतिले त्यसो भन्दै गर्दा परराष्ट्रमन्त्री कमल थापा र शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि सँगै थिए । जनआस्था साप्ताहिकमा समाचार छ


0 comments
प्रतिक्रिया दिनुहोस्...