-->
फेरि गयो ७ रेक्टरको भुकम्प

हङकङ, १७ वैशाख– प्रशान्तमहासागरीय राष्ट्र भानुआटुमा शुक्रबार ७.० रेक्टर स्केलको भूकम्प गएको समाचार छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले सो भूकम्पको जानकारी दिनुको साथै यस भूकम्पबाट सुनामीको चेतावनी समेत दिएको बताइएको छ ।
स्थानीय भूगर्भशास्त्र अध्ययन संस्थाका अनुसार यस भूकम्प ७.३ रेक्टर स्केलको मापन गरिएको थियो ।
भूकम्पको केन्द्रविन्दु भने भूकम्प प्रभावित क्षेत्रको आसपासमै ३५ किलोमिटर गहिराईमा रहेको बताइएको छ ।
सो भूकम्प राजधानी भिलाबाट २०९ किलोमिटरको क्षेत्र अत्यन्त प्रभावित भएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । भानुआटुमा अत्यन्त भूकम्पीय प्रकोपले सताउने देशहरु मध्येमा पर्दछ ।
यसै महिनाको सुरुमा पनि भानुआटुमा ६.५ रेक्टर स्केलको भूकम्प गएको थियो । तर त्यस बेला सुनामी चेतावनी भने दिइएको थिएन । रासस ÷सिन्ह्वा


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.