नर्वेको पश्चिममा अवस्थित सामुद्रिक तटमा हेलिकोप्टर शुक्रबार दुर्घटनाग्रस्त भएको छ ।
हेलिकोप्टरमा १५ देखि १७ जना मानिस यात्रारत भएको प्रहरीले बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
एउटा भयानक विष्फोट पछि आफूहरुले करिब १५ देखि १७ जना मानिस समुद्रमा तैरिरहेको अवस्थामा देखेको नर्वेली प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै टेलिभिजन स्टेसन टिभी–२ ले बताएको छ ।
हेलिकोप्टर दुर्घटनामा परेका केही मानिसलाई उद्धार गरिएको बताइए पनि उनीहरुको अवस्थाबारे केही जनाइएको छैन । रासस÷एएफपी


0 comments
प्रतिक्रिया दिनुहोस्...