-->
माथिको आदेश भन्दै पत्रकारलाई सिंहदरवार प्रवेशमा रोक

२५ चैत, काठमाडौं । मन्त्रालय र संसद सचिवालय रहेको सिंहदरबार प्रवेशमा पत्रकारहरूलाई रोक लगाइएको छ ।
सिंहदरबारभित्रै कार्यालय रहेको नेपाल टेलिभिजन तथा रेडियो नेपालबाहेकका सञ्चारकर्मीहरुलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको हो ।
नियमावली समिति चुनाव को रिपोर्टिङ गर्न सिंहदरबार दक्षिण गेट पुगेका सञ्चारकर्मीहरुलाई गेटमा रहेका सुरक्षाकर्मीले रोकेका हुन् । माथिकोे आदेश भन्दै रोकेको सञ्चारकर्मीहरुले बताएका छन् ।
विहानैबाट रोकेको प्रहरीले मध्याहृनबाट भने प्रवेश दिएको छ । पत्रकारलाई रोकिएको विषययमा सोध्दा गृह प्रवक्ता यादवप्रसाद कोइरालाले भने त्यस्तो कुनै निर्णय नभएको बताएका छन्


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.