सिड्नी, भ्यानुआटुमा बिहीबार ६.७ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । यस भूकम्पपछि सुनामी चेतावनी भने दिइएको छैन् ।
आज गएको भूकम्पलाई सुरुमा ७.० रिक्टर स्केलको भएको मापन गरिएको सो संस्थाले जानकारी दिएको थियो । पछि पुनः यो ६.७ रिक्टर स्केलको भएको जनाइएको छ ।
भानुआटुमा यसै हप्ता गएको यो तेस्रो शक्तिशाली भूकम्प हो । यसअघि गत आइतबार र बुधबार भ्यानुआटुमा ६.९ रिक्टर स्केलको भूकम्प गएको थियो
स्थानीय समयानुसार बिहीबार अपराह्न २ः३२मा सो भूकम्प गएको बताइएको छ ।
यस भूकम्पको केन्द्रविन्दु सोलाको भ्यानवा लाभा द्वीपबाट १०९ किलोमिटर पश्चिममा र राजधानी भिलाबाट ४५३ किलोमिटर टाढा ३२ किलोमिटर गहिराईमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । यस भूकम्पको विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन् ।
यस भूकम्पबाट हालसम्म मानवीय एवम् भौतिक सम्पत्तिको क्षतिको भने कुनै पनि विवरण प्राप्त नभएको जनाइएको छ । भानुआटुमा बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको पाइन्छ । रासस


0 comments
प्रतिक्रिया दिनुहोस्...