काठमाडौं, १३ वैशाख । हतियारसहित नेपाल छिरेका पाँच भारतीय प्रहरीलाई डोटीबाट नेपाल प्रहरीले पक्राउ परेपछि भारतमा हंगामा मच्चिएको छ ।
नेपालमाथि दादागिरीको शैली देखाउन आएका भारतीय प्रहरीको सेखी नेपाल प्रहरीले झारिदिएपछि भारतको राजधानी दिल्लीका मिडियाहरुले नरेन्द्र मोदी सरकारको खिल्ली उडाउँदै समाचार प्रकाशित गरेका छन् ।
भारतीय च्यानल जी न्यूज, आजतक, एबीपी न्यूज र पत्रिकाहरु नवभारत टाइम्स, दैनिक जागरण र अमर उजाला लगायतले आलोचनात्मक न्यूज लेखेका छन् ।
यीमध्येको एक जी न्यूजले लेखेको छ-
‘अपराधी को पकड्ने निकली भारतीय पुलिस खुद नेपालमा गिरफ्तार हो गई ।’ यो हेडलाइन भारतीय प्रशासनलाई गिज्याउने खालको छ । अन्य मिडियाहरुले पनि यसैगरी भारतीय पुलिस प्रशासनको आलोचना गरेका छन् ।
उनीहरुले दुई देशको बीच सीमा क्रम गर्दा अनुमति लिनुपर्ने र अन्तर्राष्ट्रिय सन्धि र सम्झौताहरु मान्नुपर्ने सुझाव पनि भारतीय पुलिस प्रशासनलाई दिएका छन् ।
पाँच महिना लामो नाकाबन्दी लगाएको भारतका प्रहरीहरु बेला बेला विभिन्न निहुँमा हतियार र बर्दीमै नेपाल आउने र आतंक मच्चाउने गरेका छन् । उनीहरुले बारम्बार यसो गर्दा पनि नेपाल सरकारले कुनै एक्शन लिन सकेको छैन् । सामाजिक सञ्जालमा नेपाली सीमाबाट भारतीय प्रहरी हतियारसहित छिर्दा नेपाल प्रहरी के हेरेर बसेको थियो ? कसरी डोटी पुग्यो भन्ने प्रश्नहरु तेस्र्याउँदै प्रयोगकर्ताले नेपाली प्रशासनको पनि आलोचना गरेका छन् ।
आइतबारमात्रै अपराधी खोज्न सादा पोशाकमा एके–४७ हतियारसहित नेपाल छिरेका भारतीय प्रहरीका इन्सपेक्टरसहित पाँच जना जवानलाई डोटीबाट नेपाल प्रहरीले पक्रेको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...