१३ बैशाख, काठमाडौं ।
पाँच लाख पाउण्डको चिट्ठा पर्यो भनी ठगी गर्ने नयाँ शक्ति पार्टीका केन्द्रीय पार्षद सदस्य अशोककुमार थापालाई प्रहरीले पक्राउ गरेको छ। उनी डा बाबुराम भट्टराईको नयाँ शक्ति नेपालका केन्द्रिय पार्षद पनि हुन् ।
ओखलढुङ्गा दियाले गाविस स्थायी घर भएका ३१ वर्षीय अशोककुमार थापालाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले शुक्रबार राजधानीको सुकेधाराबाट पक्राउ गरेको हो । थापाले पेप्सी मोबाइल चिट्ठा बेलायतबाट पाँच लाख पाउण्ड पुरस्कार परेको भनी पोखराकी एक महिलाको मोबाइलमा बेलायतको नम्बरबाट पटक/पटक एसएमएस र फोन गरी उक्त रकम नेपाल पठाउन र वकिल खर्च बापत केही शुल्क लाग्छ भनी रकम माग गरेका थिए।
सो रकम नेपालस्थित आफ्नो एजेन्ट सूर्यज्योति इन्भेष्टमेन्ट प्रालिको नेपाल एसबिआई बैंक, बौद्ध शाखाको खातामा रकम जम्मा गर्नु भनेका थिए । ती महिलाले पटक/पटक गरी रु सात लाख २५ हजार आठ सो खातामा पठाएकामा खातावाल अभियुक्त थापाले सोही बैंकको बौद्ध शाखाबाट चेकमार्फत सो रकम निकालेको अनुसन्धानको क्रममा खुलेको छ।
पक्राउ परेका थापाविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद लिई मुलुकी ऐन ठगीको महलअन्तर्गत अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ । कसुर प्रमाणित भएमा पीडितलाई बिगो भराई बिगोबमोजिम जरिवाना र पाँच वर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ ।
प्रहरीको विवरण यस्तो छः कसरी भएको थियो ठगी ?
Pepsi Mobile Draw, UK बाट ५ लाख पाउण्ड पुरस्कार परेको भनी पोखराकी एक महिलाको मोबाइलमा ग्प् को नंबरबाट पटक(पटक म्यासेज र फोन गरी उक्त रकम नेपाल पठाउन र सो सिलसिलामा वकिल खर्च बापत केही शुल्क लाग्छ, सो रकम हुण्डी मार्फत पठाउनु भनी बारम्बार फोन र म्यासेज गरेपछि पीडित महिलालाई हुण्डीबाट रकम पठाउने कार्यको बिश्वास नलागी बैंकिङ च्यानल मार्फत मात्र पैसा पठाउने अडान लिएपछि ग्प् को नंबरबाट पुनस् फोन गरी नेपाल स्थित आफ्नो एजेन्ट सुर्यज्योती इन्भेष्टमेन्ट प्रा।लि।को नेपाल एस।बि।आइ बैंक, बौद्ध शाखाको खातामा रकम जम्मा गर्नु भनी अनुरोध गरेपछि बैंकिङ च्यानल मार्फत रकम पठाउनु भनेकाले पीडितलाई विश्वास लागि फोनमा भने बमोजिमको रकम रु ७,२५,८००र( ९सात लाख पचिस हजार आठ सय० पटक( पटक गरी बिभिन्न मितिमा जम्मा गरे पश्चात् सो खाताका खातावाल अशोक कुमार थापाले सोही बैंकको बौद्ध शाखाबाट पटक(पटक गरी चेक मार्फत रु। ७,२५,०००र( ९सात लाख पच्चीस हजार० भुक्तानी लिई ठगी गरी फरार रहेका थिए ।
के हुन्छ कारवाही ?
पक्राउ प्रतिवादी अशोक कुमार थापा उपर काठमाडौं जिल्ला अदालतबाट ७ ९सात० दिनको म्याद लिई मुलुकी ऐन, ठगीको महल अन्तर्गत अनुसन्धान कार्य भैरहेको छ । कसूर ठहरिएमा पीडितलाई बिगो भराई बिगो बमोजिम जरिवाना र ५ ९पाँच० बर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...