-->
‘चरी’की यी पूर्व प्रेमिका फेरि यसरी आइन एकाएक चर्चामा

काठमाडौं, २३ चैत । गुन्डानाइके दिनेश अधिकारी चरी मारिएपछि एकाएक चर्चामा आएकी खुस्बु ओली फेरि चर्चामा आकी छिन् ।
अहिले उनी चरीका कारणले भन्दा पनि एउटा नियुक्तिका कारणले चर्चामा आएकी हुन् । दृष्टि साप्ताहिकले समाचार छापेको छ । चरी प्रहरी इन्कान्टरमा मारिएपछि बेपत्ता भएकी खुस्बु ओली केपी ओली प्रधानमनत्री भएपछि नेपाल भित्रिएकी थिइन् । झापा घर भएकी खुस्बु र प्रधानमन्त्री ओलीबीच पारिवारिक सम्बन्ध भएको उनी निकट स्रोत बताउँछ ।
तिनै खुस्बुलाई उप्रधानमनत्री तथा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीले समाज कल्याण परिषदको उपाध्यक्ष बनाउन लागेका छन् । परिषदका सदस्य तथा माले कार्यकर्ता नीलमणि बरालको नाम उपाध्यक्षमा लिइए पनि एकाएक खुस्बुलाई अगाडि सारिएको छ ।
खुस्बुको नाम परिषद् उपाध्यक्षमा आएपछि एक महिनाअघिको मन्त्रिपरिषद् बैठकमा एमाओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अछामका झंकर साउदको नाम अगाडि सारेका थिए ।
‘परिषदमा हाम्रो पार्टीका पनि एक जना पदाधिकारी हुनुपर्छ’ भन्दै रायमाझीले साउदको नाम प्रस्ताव गरेपछि नियुक्तिको निर्णय हुन सकेन ।
झापा नै घर भएका मैनाली पनि खुस्बुको परिवारसँग निकट भएका मन्त्री हुन् । परिषद्को सदस्य सचिवमा अमेरिकी डीभीधारी नकुल बानियाँको पनि नाम छ । तर, खुस्बु ओलीको नाम विवाद भएपछि नियुक्ति प्रक्रिया नै रोकिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.