सोल–परमाणु महत्वकाँक्षाका कारण अन्तर्राष्ट्रिय जगतको चर्को आलोचना खेपरिहेको उत्तर कोरियाले सबैभन्दा ठूलो राजनीकित सम्मेलनको तयारी गरेको छ। उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएका अनुसार सत्तारुढ वर्कर्स पार्टीको सम्मेलन आगामी ६ मईदेखि सुरु हुने छ।
पार्टीको निर्णय लिने सर्वोच्च संस्थाको यो सम्मेलन ३६ वर्षपछि हुन लागेको हो। सो सम्मेलनले युवा नेता किम जोङ उनको सत्ताको पकड जन बलियो हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। संचारमाध्यमहरुका अनुसार बलियो नेताको रुपमा किमको छवि चम्काउन उत्तर कोरिया सम्मेलनपूर्व पाँचौ परमाणु परीक्षण गर्नसक्ने छ। उता अमेरिकाले भने उत्तर कोरियाको कुनै पनि हर्कत सैह्य नहुने चेतावनी दिएको छ।
दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्युन हईले उत्तर कोरियाले पाचौं आणविक परीक्षणको तयारी पूरा गरेको हुनसक्ने बताइकी थिइन्। उत्तर कोरियाले यो वर्षको सुरुवात मै चौथो आणविक परीक्षण गरेको थियो। आणविक परीक्षणपछि क्रुद्ध बनेको अमेरिकाले उत्तर कोरिया विरुद्ध कडा आर्थिक प्रतिबन्द लगाएको थियो। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको समयसीमा पनि बढाएका छन्। उत्तर कोरियाली नेता किमले सोको विरोधमा गत महिना परमाणु ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको थियो।
समाचार एजेन्सी केसीएनका अनुसार ६ मईमा प्योंगयांगमा सुरु हुने सातौं सम्मेलन पाँच दिनसम्म चल्नेछ। दक्षिण कोरियाली विशेषज्ञका अनुसार किम सम्मेलनका क्रममा शीर्ष अधिकारीलाई फेरबदल गर्नसक्नेछन्। सम्मेलनबाट यस्तो नीतिलाई पारित गरिनेछ जसबाट नेतृत्व थप निरंकुश बन्न सकोस। यसअघि १९८० मा वर्कर्स पार्टीको सम्मेलन भएको थियो। सो सम्मेलनले किमका दिवंगत पिता किम जोंग इललाई मुख्य भूमिकाको जिम्मेवारी दिएको थियो।


0 comments
प्रतिक्रिया दिनुहोस्...