काठमाडौँ, १६ वैशाख - इंग्ल्याण्डको एक गाउँका बासिन्दा मयुरका कारण समस्यामा परेका छन्।
उशा मुर गाउँका बासिन्दाले मयुरका कारण राम्रोसँग सुत्न पनि पाएका छैनन्। मयुर धेरै पाइने त्यहाँ अहिले मयुरका भाले पोथीबिच यौन क्रियाकलाप हुने सिजन छ। यौन सम्बन्ध बनाउने बेला मयुर धेरै कराउने गरेको र त्यो आवाजका कारण आफूहरु राम्रोसँग सुत्न पनि नपाएको स्थानीय बासिन्दाको भनाई छ।
मयुरले आफूहरुको गाडीमा आक्रमण गर्ने गरेको गाउँलेले बताए । मयुरले चुच्चो तथा पञ्जाले गाडी कोतर्ने गरेका छन् । गएको ६ वर्षदेखि आफूहरुले यस्तो समस्या भोग्दै आएको उशा मुर गाउँका बासिन्दाले बताएका छन् । अब भने आफूहरुको सहने क्षमता नरहेको उनीहरुको भनाई छ ।
गाउँलेले डरहम काउन्टी काउन्सिलमा गुनासो दर्ता गरेका छ । काउन्सिलले यस विषयमा पर्यावरण सुरक्षा कानुन १९९० अनुसार जाँच गरिरहेको छ। मयुरका कारण हुने हल्लाको मानक ध्वनि मापदण्ड अनुसार जाँच भइरहेको काउन्सिलले जनाएको छ।
दिउँसोमा मयुर कराएको आवाजले त्यती समस्या नभएपनि रातीमा घरको छतमा आएर नै कराउने गर्दा समस्या भएको उशा मुर गाउँका ग्राहम ब्रिजले बताए।
गाउँमा आउने मयुरको संख्याको बारेमा भने मतभेद छ। केहीले ३० भन्दा धेरै मयुर गाउँ आउने गरेको बताएका छन् भने केहीले मयुरको संख्या १३ रहेको बताए। मयुर कहाँबाट आएका हुन् भन्ने बारेमा पनि गाउँले यकिन छैनन्। एजेन्सी


0 comments
प्रतिक्रिया दिनुहोस्...