खोटाङ, चैत २७ - आफ्नै भतिज पर्ने सँग विभिन्न संस्था र व्यक्तिबाट ऋण लिएर भागेकी महिला पक्राउ परेकी छन् ।
दिक्तेल नगरपालिका ८ की ३५ वर्षीय सुजता राई आफ्नै भतिज पर्ने प्रजीत राईसँग दोस्रो विवाह गरेर भागेकी थिईन् ।
दुई वर्षदेखि रोजगारीको सिलसिलामा मलेसियामा रहेका श्रीमानले पठाएको पैसासँगै महुली सहकारीबाट ७० हजार र डिप्रोस सहकारी संस्थाबाट ४० हजार ३ सय ६३ ऋण लिएर प्रजीतसँग भागेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...