-->
राजधानीमा भुकम्पको ठुलो धक्का पूरा विवरण केही बेरमा !!!

काठमाडौं, २७ चैत । शनिबार साँझ राजधानीलाई केन्द्रविन्दु बनाएर नेपालमा अर्काे भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुरको भैंसेपाटीलाई केन्द्रविन्दू बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पपछि उपत्यकाका धेरै मानिस अहिले घर बाहिर निस्किएका थिए । यसअघि काठमाडौंलाई नै केन्द्रविन्दू बनाएर पटक पटक भूकम्प गइसकेको छ ।
गोरखा भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत परकम्प जाने क्रम रोकिएको छैन । गोरखा भूकम्पपछि चार रिक्टर र त्यसमाथिका ४४६ परकम्प गइसकेका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले आजको भूकम्प अन्य स-साना धक्काहरुजस्तै भएको बताए । उनले भने- ‘यो ठूलो धक्का होइन् । साना-साना धक्काले ठूलो भूकम्पको जोखिम कम गर्छ ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.